हमासले सबै इज्रायली बन्दीहरू रिहा गर्ने सहमति, बिपिनसहित बाँकीहरू मुक्त हुने आशा

हमासले सबै इज्रायली बन्दीहरू रिहा गर्ने सहमति, बिपिनसहित बाँकीहरू मुक्त हुने आशा
नेपालआईज
१८ असोज २०८२ ६:०३

मेलबर्न/ हमासले सबै इज्रायली बन्दीहरू—जीवित र मृत—रिहा गर्न सहमति जनाएसँगै गाजामा अझै फसेका बन्दीहरू, जसमा बिपिन पनि रहेका बताइन्छ, मुक्त हुने आशा बढेको छ।

हमासले एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावमा “जिम्मेवार निर्णयमा पुग्न व्यापक परामर्श” गरेको जनाएको छ। समूहले वार्ताका तुरुन्तै छलफल सुरु गर्ने तयारी गरेको र बाँकी बन्दीहरूलाईरिहा गरिने जनाएको छ।

गाजामा हाल पनि ४८ जना बन्दीहरू रहेको बताइन्छ, जस मध्ये करिब २० जना अझै जीवित रहेको विश्वास गरिएको छ।
बिपिन र उनका परिवारजनले यस घोषणालाई सकारात्मक संकेतका रूपमा लिएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको