एनडिआइएसमा ठूलो काण्ड! एक प्रदायकलाई २.२ मिलियन डलर जरिवाना

एनडिआइएसमा ठूलो काण्ड! एक प्रदायकलाई २.२ मिलियन डलर जरिवाना
नेपालआईज
२५ असोज २०८२ ९:३२

ब्रिस्बेन /क्वीन्सल्यान्डस्थित एनडिआइएस प्रदायक अरोरा कम्युनिटी केयर लाई एक गम्भीर लापरवाहीको कारण २.२ मिलियन डलर जरिवाना गरिएको छ।

सन् २०२३ मा बौद्धिक अपांगता भएका एनडिआइएस सहभागी अनकुर गुप्ता सडक दुर्घटनामा परि ज्यान गुमाएपछि अदालतले अरोरालाई दोषी ठहर गरेको हो।

अरोराले आवश्यक निगरानी र सुरक्षित सेवा प्रदान गर्न असफल भएको भन्दै यो अहिलेसम्मको सबैभन्दा ठूलो जरिवाना लगाइएको हो।

साथै, घटनामा संलग्न दुई सपोर्ट वर्करलाई दुई वर्षसम्म एनडिआइएस अन्तर्गत काम गर्न प्रतिबन्ध लगाइएको छ।

एनडिआइएस आयोगका अनुसार, यो फैसला सबै प्रदायकका लागि चेतावनी हो , “अपांगता भएका व्यक्तिहरूको सुरक्षा र हेरचाहमा कुनै लापरवाही सह्य छैन।

पहिलोपटक प्रकाशित समाचार यहाँ हेर्नुहोस । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको