नेपालमा अन्तरिक्ष क्षेत्रका युवा वैज्ञानिक मोहन तामाङ मेलबर्नमा सम्मानित

नेपालमा अन्तरिक्ष क्षेत्रका युवा वैज्ञानिक मोहन तामाङ मेलबर्नमा सम्मानित
नेपालआईज
२९ असोज २०८२ ८:१८

मेलबर्न/ सन् २०१४ मा १५ वर्षको उमेरमा नै नेपालमा रकेट कम्पनी सुरु गर्ने सपना देखेका, तर देशबाट कुनै सहयोग वा प्रोत्साहन नपाएका युवा वैज्ञानिक मोहन तामाङले नेपालमै रहँदै अन्तरिक्ष क्षेत्रमा ठूलो सफलता हासिल गरेका छन्।
हालै The International Astronautical Federation (IAF) द्वारा आयोजित 2025 Emerging Space Leaders Grant Program मा सहभागी हुन विश्वभरबाट २५० भन्दा बढीले आवेदन दिएका मध्ये तामाङ ३० जनामध्ये छनोट भएका थिए। २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म सिड्नीमा सम्पन्न उक्त कार्यक्रममा सहभागी भई मेलबर्न आएको अवसरमा, Association of Young Nepalese Engineers Australia का अध्यक्ष प्रिन्स भण्डारीको पहलमा तथा लुम्बिनी-कपिलवस्तु विश्व अभियान र नेपाल साइन्स फाउन्डेशन ट्रस्टको सहकार्यमा मेलबर्नस्थित CQ University मा आयोजित कार्यक्रममा तामाङलाई सम्मान गरिएको हो।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अभियानले हालसम्म करिब दुई दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई सांस्कृतिक दूत नियुक्त गरेको जानकारी दिए। उनले भने,

“हाम्रो अभियानले जसले चाहे उसलाई होइन, देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा उजागर गर्न योगदान दिने वा अभियानका उद्देश्यमूलक कार्यमा सहयोग पुर्‍याउने व्यक्तिहरूलाई मात्र सम्मान गर्दछ। मोहन तामाङले अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाललाई विश्वसामु चिनाएका छन्, त्यसैले उनलाई यो सम्मान प्रदान गरिएको हो।”

आफ्नो प्रस्तुतीका क्रममा तामाङले Mach24 Orbitals का प्रमुख कार्यकारी अधिकृत (CEO)को रूपमा सानो उपग्रह प्रक्षेपण उद्योगमा क्रान्ति ल्याउने लक्ष्यमा केन्द्रित रहेको बताए। उनले भने,

“हाम्रो मिशन भनेको हाइब्रिड प्रोपल्सन प्रविधि प्रयोगमार्फत ५०० किलोग्रामसम्मको पेलोडलाई कम लागतमा Low Earth Orbit (LEO) सम्म पु-याउने हो, जसमा liquid oxygencandle wax (paraffin) को प्रयोग हुनेछ।

Mach24 Orbitals नेपालकै पहिलो रकेट स्टार्टअप कम्पनी हो, जसले सानो उपग्रह बजारमा प्रवेशमार्फत अन्तरिक्षलाई सबैका लागि सुलभ बनाउन लक्ष्य लिएको छ।
यस कम्पनीले विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रदर्शनी Startup Mahakumbh 2025 मा सहभागिता जनाउँदै आफ्नो हाइब्रिड रकेट demonstrator प्रदर्शन गरेर “Making Space Accessible to All” को दृष्टिकोणसहित ठूलो ध्यान आकर्षित गरेको छ। कम्पनीले सन् २०२९ सम्म नेपालको पहिलो निजी orbital-class rocket प्रक्षेपण गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। यसका साथै, हाइब्रिड इन्जिनको अनुसन्धान र विकासलाई प्रोत्साहन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) र अन्तरिक्ष विभागसँग Letter of Agreement (LOA) मा हस्ताक्षर गरी नेपालको पहिलो हाइब्रिड रकेट इन्जिन डिजाइन र परीक्षण गरिसकेको छ।

उनको प्रस्तुतिपछि भएको प्रश्नोत्तर सत्रमा सहभागीहरूले तामाङलाई धेरै जिज्ञासाहरू राखेका थिए।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ, CQ University का International Student Experience Division का उप–निर्देशक Will Alderton, RMIT University का Academic Director (College of Business and Law) Prof. Prem Chhetri, वरिष्ठ वैज्ञानिक डा. राजु अधिकारी, CQ University का इन्जिनियरिङ प्रमुख डा. राज शर्मा, वरिष्ठ अध्यापक डा. कलाम आजाद (बंगलादेश), EV Strengthening Communities का अध्यक्ष रञ्जित गजेन्द्र (श्रीलंका), डा. अब्दुल माजिद (बंगलादेश), Bhargo Capital का संस्थापक तथा CEO झकेन्द्र शर्मा, डा. साबित्रा काफ्ले, Society of Nepalese Engineers Victoria का अध्यक्ष हरी पाण्डे, NRNA Victoria का संयोजक महादेव धनुक, र Grace International का निर्देशक दीपक आचार्य लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको