अष्ट्रेलियन भिसा ठगीबाट सावधान! दूतावासद्वारा नेपालीलाई चेतावनी

अष्ट्रेलियन भिसा ठगीबाट सावधान! दूतावासद्वारा नेपालीलाई चेतावनी
नेपालआईज
४ मंसिर २०८२ १९:२१

काठमाडौँ। अष्ट्रेलियाको भिसा दिलाइदिने भन्दै हुने ठगी, जालसाजी र भ्रमपूर्ण आश्वासनबाट जोगिन नेपालस्थित अष्ट्रेलियन दूतावासले नेपालीहरूलाई कडा चेतावनी जारी गरेको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै “कसैले पनि तपाईंलाई अष्ट्रेलियन भिसाको ‘ग्यारेन्टी’ दिन सक्दैन” भन्ने स्पष्ट सन्देश दिएको छ। यदि कुनै व्यक्तिले तपाईंलाई ईमेल, फोन वा टेक्स्टमार्फत भिसा मिलाइदिने दाबी गर्छ भने, त्यो ठगी (SCAM) हो।
दूतावासले सर्वसाधारणलाई कुनै पनि प्रलोभनमा नपर्न र यस्ता जालसाजीका घटनाहरूलाई तत्काल अष्ट्रेलियाको ‘बार्डर वाच’ (Border Watch) मा रिपोर्ट गर्न आग्रह गरेको छ।
हाईलाईट्स :
• ‘ग्यारेन्टी’ असम्भव: अष्ट्रेलियाको भिसाको प्रक्रियामा कसैले पनि सफलताको पूर्ण ग्यारेन्टी दिन सक्दैन।
• ठगीका संकेत: यदि कोही व्यक्ति वा संस्थाले ‘गारन्टी’ दिएर, छिटो भिसा दिलाउने भनेर वा ठूलो रकम अग्रिम माग्छ भने त्यो शंकास्पद हुन्छ।
• कसलाई रिपोर्ट गर्ने?: भिसा ठगी, चालबाजी र घोटालाहरूलाई अष्ट्रेलियाको आन्तरिक मामिला विभाग (Department of Home Affairs) अन्तर्गतको ‘बार्डर वाच’ लाई रिपोर्ट गर्नुहोस्।
• थप जानकारीको लागि: भिसा ठगीबाट जोगिन र थप आधिकारिक जानकारीका लागि अष्ट्रेलियाको सरकारी वेबसाइट: homeaffairs.gov.au/visascams मा जानुहोस्।

अष्ट्रेलियाको आकर्षक रोजगारी वा शिक्षाको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढिरहेको पृष्ठभूमिमा दूतावासको यो चेतावनीलाई महत्वपूर्ण रूपमा हेरिएको छ। सबै आवेदकहरूलाई आफ्ना कागजात र आवेदन प्रक्रियाको बारेमा पूर्ण सचेत हुन र आधिकारिक स्रोतहरूमा मात्र भर पर्न दूतावासले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको