मेलबर्नमा क्रेगिबर्न फुटबल कप–२०२५ डिसेम्बर १४ मा सुरु हुँदै

मेलबर्नमा क्रेगिबर्न फुटबल कप–२०२५ डिसेम्बर १४ मा सुरु हुँदै
नेपालआईज
७ मंसिर २०८२ ७:३१

मेलबर्न  /  क्रेगिबर्न ब्रिगेडले यही डिसेम्बर १४, आइतबार मेलबर्नको डेरेबिन इन्टरनेशनल स्टेडियम, थोर्नबरीमा आयोजना गर्ने ७-ए–साइड फुटबल प्रतियोगितामा कुल २६ नेपाली टिमहरूले सहभागिता जनाउने भएका छन्। 

नेपाली समुदायमा खेल भावना र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा खुला समूहका लागि काठमाडौँ प्रोपर्टिज कप र ३५ वर्षभन्दा माथिका खेलाडीहरूको लागि एभरेस्ट होम लोन्स लेजेन्ड्स कप राखिएको छ। 

काठमाडौँ प्रोपर्टिज कपमा १६ टिम सहभागी हुनेछन् जहाँ पहिलो पुरस्कार ४ हजार र दोस्रो पुरस्कार  २ हजार डलर निर्धारण गरिएको छ। त्यस्तै ३५+ लेजेन्ड्स कपमा १० मास्टर्स टिमबीच प्रतिस्पर्धा हुनेछ भने पहिलो पुरस्कार  २ हजार  डलर र दोस्रो पुरस्कार १ हजार डलर रहनेछ। मेलबर्नका साथै ब्यालारट, सेपारटन र वोडुंगाबाट टिमहरूको उपस्थिति रहने प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण PS Network मार्फत क्रेगिबर्न ब्रिगेडको युट्युब च्यानलबाट हेर्न सकिनेछ। 

साथै, प्रतियोगिताबाट संकलित केही रकम काठमाडौँ स्थित  ३  नेत्र फाउन्डेसन तथा नेपालका अन्य सामाजिक संस्थाहरूलाई सहयोगस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ।  

गत वर्ष काठमाडौँ प्रोपर्टिज कप र एभरेस्ट होम लोन्स लेजेन्ड्स कप दुवै उपाधि मेलबर्नको यती एफसीले जितेको  थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको