काठमाडौं प्रोपर्टीज कप २०२५ को समूह चरण ‘ड्र’ सम्पन्न: कुन समूहमा को?

काठमाडौं प्रोपर्टीज कप २०२५ को समूह चरण ‘ड्र’ सम्पन्न: कुन समूहमा को?
नेपालआईज
२६ मंसिर २०८२ २१:४५

 मेलबर्न। आगामी डिसेम्बर १४ मा आयोजना हुने बहुप्रतिक्षित काठमाडौं प्रोपर्टीज कप २०२५ फुटबल प्रतियोगिताको ‘ओपन एज क्याटेगोरी’ अन्तर्गतको समूह चरणको ड्र सार्वजनिक गरिएको छ। प्रतियोगितामा सहभागी हुने १६ टोलीलाई चार समूह—ए, बी, सी र डी—मा विभाजन गरिएको छ। सार्वजनिक गरिएको ‘ड्र’ अनुसार यस वर्षको प्रतिस्पर्धा निकै रोचक र रोमाञ्चक हुने देखिएको छ।

समूह विभाजन

ग्रुप ए

  • अल्बरी वुडोङ्गा हिमालयन्स

  • हिमालयन एफसी

  • चन्द्र सूर्या एफसी

  • कालिका एफसी

ग्रुप बी

  • रोयल एफसी

  • युनाइटेड एफसी मेलबर्न

  • नेपाली राइनोज एफसी

  • CBC Green

ग्रुप सी

  • एभरेस्ट युनाइटेड एफसी

  • थन्डर ड्रागन एफसी

  • CBC Red

  • नर्थ पीक एफसी

ग्रुप डी

  • सूर्योदय एफसी

  • बल्लारेट नेपाली एफसी

  • यती फुटबल क्लब

  • द हिमालयन टाइगर्स

यो समूह विभाजनले प्रतियोगितालाई झनै प्रतिस्पर्धात्मक र दर्शक–मैत्री बनाउने अपेक्षा गरिएको छ। फुटबल प्रेमीहरूका लागि प्रत्येक समूहमा कडा प्रतिद्वन्द्विता हुने निश्चित देखिन्छ।

समूह चरणको ड्र सार्वजनिक कार्यक्रममा Craigieburn Brigade SC का सुभाष जङ्ग गुरुङले सम्बोधन गरेका थिए। साथै प्रमुख अतिथि वक्ताका रूपमा कुश गुरुङ, माधव पौडेल, सुजन शर्मा, बद्री खनाल र राजेश कँडेलको विशेष उपस्थिति रहेको थियो। वक्ताहरूले खेलकुद गतिविधिले नेपाली समुदायलाई अझ नजिक ल्याउने भएकाले सबैलाई सक्रिय सहभागितासहित खेलाडीहरूलाई हौसला दिन आग्रह गरे।

खेल   प्रतियोगिता डिसेम्बर १४, आइतबार, बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म Darebin International Stadium, Thornbury मा आयोजना हुनेछ। आयोजक Craigieburn Brigade SC ले सम्पूर्ण खेल प्रेमीहरूलाई उपस्थित भई रोमाञ्चक खेलहरूको आनन्द लिन आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर