अष्ट्रेलियामा हिंसा भड्काउनेलाई देश निकाला गर्ने चेतावनी

अष्ट्रेलियामा हिंसा भड्काउनेलाई देश निकाला गर्ने चेतावनी
नेपालआईज
२ पुष २०८२ २१:३८

 

सिड्नी । बोन्डाइ बीचमा भएको घातक आतंकवादी आक्रमणमा १५ जनाको ज्यान गएपछि अष्ट्रेलियाकी विपक्षी नेतृ सुसान लीले घृणा, आतंकवादको समर्थन तथा हिंसा भड्काउनेहरूविरुद्ध कडा चेतावनी दिएकी छन्।

उक्त घटनालाई चरम हिंसाको संज्ञा दिँदै नेतृ लेले अष्ट्रेलियामा यस्ता गतिविधिप्रति कुनै पनि सम्झौता नहुने स्पष्ट पारिन्। उनले भनिन्, “घृणा फैलाउने, आतंकवादको महिमा गाउने वा हिंसा उक्साउनेहरूलाई मेरो सन्देश स्पष्ट छ। यदि म प्रधानमन्त्री भएँ र तपाईं अष्ट्रेलियन नागरिक हुनुहुन्न भने तपाईंलाई देश निकाला गरिनेछ। यदि तपाईं अष्ट्रेलियन नागरिक हुनुहुन्छ भने पक्राउ गरिनेछ।”

बोन्डाइ बीचको घटनापछि सार्वजनिक सुरक्षाबारे, अतिवाद र अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे राष्ट्रिय बहस चर्किएको छ। नेतृ लेले पृष्ठभूमि वा विचारधाराको आधारमा कुनै भेदभाव नगरी हिंसा र त्यसलाई प्रोत्साहन गर्नेहरूप्रति शून्य सहनशीलता रहने बताइन्।

घटनाले देशभर शोक र आक्रोश फैलिएको छ भने अतिवाद रोकथाम र समुदायको सुरक्षा मजबुत बनाउन कडा कदम चाल्नुपर्ने आवाजहरू बढिरहेका छन्। अधिकारीहरूले घटनाबारे अनुसन्धान जारी राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर