नेपालको राजनीति जेनजी आन्दोलनपछि विकसित भएको नयाँ चरणमा प्रवेश गरेको छ। पुराना दल र उदाएका नयाँ राजनीतिक शक्तिहरूबीच आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
जेनजी आन्दोलनपछि उदाएका नयाँ दल र राष्ट्रिय स्वातन्त्र पार्टी ( रास्वपा) सँग एकता गर्दै अघि बढेपछि देशको राजनीतिक दिशा स्पष्ट हुन थालेको छ। यसै सन्दर्भमा, रवि बालेन र कुलमान नेतृत्वमा एकै मोर्चामा आएका नयाँ गठबन्धनले राजनीतिक ध्रुवीकरणलाई थप सुदृढ बनाएको छ।