क्यानबेरामा भुटानी मूलका चार वर्षीय बालकको कार दुर्घटनामा मृत्यु

क्यानबेरामा भुटानी मूलका चार वर्षीय बालकको कार दुर्घटनामा मृत्यु
नेपालआईज
७ माघ २०८२ ५:५५

क्यानबेरा — अष्ट्रेलियाको राजधानी क्यानबेरामा भुटानी मूलका एक चार वर्षीय बालकको कार दुर्घटनामा दुःखद निधन भएको छ। आईतबार सपिङ् सेन्टरको कारपार्कमा   दुर्घटना  भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल आपतकालीन सेवाले अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनाका कारण र परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

अस्थायी आवासीय भिसामा रहेका बालकका अभिभावकहरू यस घटनापछि गहिरो पीडामा छन्। विस्तारित परिवार अष्ट्रेलियाबाहिर रहेकाले अन्त्येष्टि व्यवस्थापन र आकस्मिक खर्चले परिवार थप संकटमा परेको बताइएको छ।

घटनाप्रति दुःख व्यक्त गर्दै अष्ट्रेलिया–भुटान संघ क्यानबेराले शोकसन्तप्त परिवारलाई सहयोग गर्न समुदायसँग अपिल गरेको छ।

यसरी सहयोग गर्न सक्नुहुन्छ । 

𝐁𝐒𝐁 – 𝟎𝟔𝟐𝟗𝟐𝟒

𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭 𝐧𝐮𝐦𝐛𝐞𝐫 – 𝟏𝟎𝟏𝟗𝟎𝟒𝟎𝟔

𝐍𝐚𝐦𝐞: 𝐀𝐮𝐬𝐭𝐫𝐚𝐥𝐢𝐚-𝐁𝐡𝐮𝐭𝐚𝐧 𝐀𝐬𝐬𝐨𝐜𝐢𝐚𝐭𝐢𝐨𝐧 𝐨𝐟 𝐂𝐚𝐧𝐛𝐞𝐫𝐫𝐚

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर