काठमाडौं/ नेपालमा सम्पन्न हालैको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसँगै काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाह देशको प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) अनुसार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
३६ वर्षीय शाह नेपालको राजनीतिक इतिहासमा कम उमेरमै प्रधानमन्त्री बन्ने नेतामध्ये एक मानिएका छन्। स्वतन्त्र पृष्ठभूमिबाट उदाएका शाहको उदयलाई विशेषगरी युवा पुस्ताको राजनीतिक हस्तक्षेप र परिवर्तनको चाहनासँग जोडेर हेरिएको छ।
निर्वाचन परिणामसँगै देशभर युवामाझ उत्साह देखिएको छ। विगत केही समयदेखि सामाजिक सञ्जाल र सडकमा देखिएको “Gen Z” पुस्ताको सक्रियता र राजनीतिक असन्तुष्टिले पुराना दलहरूप्रति असन्तोष बढाउँदै नयाँ विकल्पको खोजीलाई तीव्र बनाएको विश्लेषण गरिएको छ।
यसैबीच केही अनलाइन मिडियाहरूमा “Gen Z आन्दोलन दमन गर्नेहरूमाथि कारबाही गर्ने पहिलो मन्त्रिपरिषदले निर्णय गरेको छ ।
नयाँ सरकार गठनसँगै शाहसामु सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा दीर्घकालीन संरचनात्मक सुधार गर्ने चुनौतीहरू रहेका छन्। विशेषगरी युवा मतदाताको उच्च अपेक्षा पूरा गर्नु उनको नेतृत्वका लागि प्रमुख परीक्षण हुने देखिन्छ।
नेपालको राजनीतिक यात्रामा यो परिवर्तनलाई “युवा नेतृत्वको उदय” का रूपमा लिइएको छ, जसले आगामी दिनमा देशको नीति, शासन प्रणाली र राजनीतिक संस्कारमा कस्तो प्रभाव पार्छ भन्ने आम जनताको चासो छ।