युरोभिजनमा अष्ट्रेलियाको सफलता, डेल्टा गुड्रेम चौथो स्थानमा

युरोभिजनमा अष्ट्रेलियाको सफलता, डेल्टा गुड्रेम चौथो स्थानमा
नेपालआईज
३ जेठ २०८३ ६:४३

  मेलबर्न ।   यस वर्ष भियनामा आयोजित प्रतिष्ठित ‘युरोभिजन सङ कन्टेस्ट’ मा अष्ट्रेलियाले चौथो स्थान हासिल गरेको छ। चर्चित गायिका डेल्टा गुड्रेमले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत दर्शकको मन जितेकी हुन्।

‘Eclipse’ गीत प्रस्तुत गरेकी डेल्टाले कुल २८७ अंक प्राप्त गरिन्। प्रतियोगिताको उपाधि भने बुल्गेरियाकी गायिका DARA ले जितिन्, जसले डेल्टाभन्दा २२९ अंक बढी ल्याएकी थिइन्।

यो नतिजा अष्ट्रेलियाको युरोभिजन इतिहासकै दोस्रो उत्कृष्ट उपलब्धि हो। यसअघि सन् २०१६ मा डामी इमले उपविजेता बन्दै अष्ट्रेलियाको सर्वोत्कृष्ट नतिजा दिलाएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको