नेपालका बाढीपीडितलाई सहयोग गर्न अस्ट्रेलिया सरकारसँग फेन्काको आग्रह

नेपालका बाढीपीडितलाई सहयोग गर्न अस्ट्रेलिया सरकारसँग फेन्काको आग्रह
नेपालआईज
११ भदौ २०८३ १:०६

मेलबर्न । फेडेरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन्स अफ अस्ट्रेलिया (FeNCAA) ले रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोप्रति गहिरो दुःख व्यक्त गरेको छ।

फेन्काले बिहीबार जारी गरेको विज्ञप्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।

संस्थाले उद्धार र राहत कार्य जारी रहेका बेला आधिकारिक स्रोतबाट मात्र सूचना लिन, गलत सूचना नफैलाउन र प्रमाणित संस्थामार्फत मात्र सहयोग गर्न अस्ट्रेलियाको नेपाली समुदायलाई आग्रह गरेको छ।

फेन्काले संकट सामना गर्न तथा प्रभावित समुदायको पुनःस्थापनामा सहयोग पुर्‍याउन नेपाल सरकारलाई आर्थिक र बन्दोबस्तीसम्बन्धी सहायता उपलब्ध गराउने विषयमा विचार गर्न अस्ट्रेलिया सरकारसँग आग्रहसमेत गरेको छ।

फेन्का अस्ट्रेलियाभरका १०६ नेपाली संस्थाको प्रतिनिधित्व गर्ने राष्ट्रिय छाता संगठन हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर