नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानियाको अध्यक्षमा रेवन्त बस्नेत निर्वाचित

नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानियाको अध्यक्षमा रेवन्त बस्नेत निर्वाचित
नेपालआईज
६ मंसिर २०७८ ४:४९

होबार्ट ।  

नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानियाले  रेवन्त बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

गत आइतबार होबार्टमा सम्पन्न नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानियाको ( एनविए)को  साधारण सभाले बस्नेतको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ कार्यसमितिको  उपाध्यक्षमा प्रविन खरेल, सचिवमा उमेश सुन्चेउरी, सहसचिवमा सरोज खनाल, कोषाध्यक्षमा अरुन आचार्य, कार्यसमितिमा रोसन मैनाली र कुसुम शर्मा चयन भएका छन । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको निर्वाचन आयुक्त सन्देश परियारले जानकारी दिए ।

एनविएले  तास्मानियामा रहेका नेपाली व्यवसायीहरूलाई एउटै संस्थामा समेटेर उनीहरूको सहकार्य, सीप, क्षमता र राज्य स्तरबाट प्राप्त हुन सक्ने स्रोतसाधनका साथै व्यवसाय सम्बन्धी सूचनाहरूमा  पहुँच पुर्‍याउने उद्देश्यका साथ  विगत दुई वर्षदेखि काम गर्दै आएको छ । 

साथै  संस्थाले   कोरोना महामारीको समयमा समस्यामा परेका विद्यार्थीहरुलाई  राहत वितरण गर्नुका साथै   अस्ट्रेलियन कर कार्यालय (एटओ),  बिजनेस तासमानिया   लगायतका विभिन्न सरकारी निकायहरूसँग समन्वय गरी  व्यवसायीहरूको क्षमता अभिवृद्धि  गर्दे आएको छ । होबार्ट  तथा  लनचेस्टनमा रहेका करिब  ३५ भन्दा बढी व्यवसायीहरू संस्थामा  आबद्ध  रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको