अस्ट्रेलियामा डिसेम्बर १५ तारिखसम्म लागू हुने नियमहरु

अस्ट्रेलियामा  डिसेम्बर १५ तारिखसम्म लागू हुने नियमहरु
नेपालआईज
१६ मंसिर २०७८ २२:५६

क्यानबेरा ।

अस्ट्रेलियाका प्रमुख मेडिकल अधिकृत पल केल्लीको चिकित्सा सल्लाहको आधारमा राष्ट्रिय सुरक्षा समितिले अस्ट्रेलियालाई अन्तर्राष्ट्रिय दक्ष र विद्यार्थी समूहका साथै मानवीय सहायकताकर्ता, काम गर्ने गरी बिदा मनाउने तथा अस्थायी परिवार भिसा बाहकहरुका लागि डिसेम्बर १ तारिखबाट खोल्ने निर्णयलाई डिसेम्बर १५ सम्मका लागि रोक्न आवश्यक  रहेको स्पष्ट पारेका छन् । 

जापान तथा दक्षिण कोरियाका यात्रुहरुका लागि पुन खोल्ने निर्णयपनि डिसेम्बर १५ सम्मका लागि रोकिएको छ । अस्थायी प्रतिवन्धबाट अस्ट्रेलियाले खोपको प्रभावकारिता, रोगको दायरा, यदि यसले थप लक्षणहरु देखाउन सक्ने, प्रसारणको स्तर सहित ओमिक्रोन भेरियन्टलाई अझ राम्ररी बुझ्नको लागि आवश्यक जानकारी सङ्कलन गर्न सक्छ भन्ने सुनिश्चित गर्नेछ । 

पूर्ण रूपमा खोप लगाएका डिसेम्बर १५ तारिखसम्म लागू हुनेछन् । नागरिक, स्थायी बासिन्दाहरु तथा नजिकका परिवारहरु साथै न्यूजिल्यान्ड र सिंगापुरका यात्रुहरु तथा सीमित छुटबाहेकका लागि   अस्ट्रेलियाको सीमा पहिले देखि नै बन्द छ ।  अस्ट्रेलियाआउने सबैका लागि नेगेटिभ पिसिआर परीक्षण चाहिन्छ तथा

अस्ट्रेलियन यात्रा घोषणा फारमहरु भर्नुपर्ने हुन्छ जसले उनीहरूको खोपको स्थिति, राज्य र क्षेत्रका सार्वजनिक स्वास्थ्य आवश्यकताहरुको पालना गर्न आवश्यक पुष्टि गर्दछ ।

शनिबार अस्ट्रेलियन सरकारले निम्न उपायहरुको घोषणा गरेको थियो 

  • तत्काल लागू हुने, अस्ट्रेलियाका नागरिक वा स्थायी बासिन्दा नभएका जो कोही, वा नागरिककाअभिभावकहरु सहित उनीहरूका नजिकका परिवार तथा ओमिक्रोन भेरियन्ट पत्ता लागेका तथा फैलिएका अफ्रिकी देशहरूमा १४ दिनभित्र गएकाहरुले  अस्ट्रेलियाप्रवेश पाउने छैनन् । ती देशहरूमा : दक्षिण अफ्रिका, नामिविया, जिम्बाबे, बोत्स्वाना, लेसोथो, इस्वातिनी, मालावी र मोजाम्विक रहेका छन् । 
  • अस्ट्रेलियाका नागरिक र स्थायी बासिन्दाहरु, ती देशबाट आएका अभिभावक तथा नजिकका परिवारका सदस्यहरूले क्षेत्राधिकार व्यवस्थाको अधिनमा रही १४ दिनको लागि तत्काल सुपरिवेक्षण गरिएको क्वारेन्टाइनमा जानुपर्नेछ । 
  • जो कोहीअस्ट्रेलियामा पहिले नै आईपुगेका तथा विगत १४ दिनभित्र ती आठवटा मध्ये कुनै पनि देशमा गएकाहरुले तुरुन्तै आफूलाई आइसोलेट गर्नुपर्छ र कोभिड–१९ को परीक्षण गराउनुपर्छ साथै क्षेत्राधिकार क्वारेन्टाइनको आवश्यकताहरू पुरा गर्नुपर्छ जसमा दक्षिण अफ्रिकाबाट प्रस्थान गरेको दिनदेखि १४ दिनको क्वारेन्टाइन समावेश छ । 
  • यी प्रतिवन्धहरु मानिसहरुमा पनि लागु हुन्छ, उदाहरणका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरू र दक्ष आप्रवासीहरु, १४ दिनभित्र ती आठ देशमा गएका न्यूजिल्यान्ड र सिंगापुरबाट आएकाहरु पनि पर्नेछन् । ती देशहरुबाट कुनै पनि उडान योजना छैन ।
  • अस्ट्रेलियासीमा बलले पहिले नै ट्रान्जिटमा रहेका मानिसहरूलाई प्रवेश गर्न अनुमति दिनको लागि विवेकको प्रयोग गर्नेछ, तर यी मानिसहरू राज्य अधारित आइसोलेसन आवश्यकताको अधिनमा रहनेछन् ।

राज्यको सार्वजनिक स्वास्थ्य आवश्यकता अन्तर्गत न्यू साउथ वेल्स र भिक्टोरियाले पहिले नै अस्ट्रेलियन नागरिक, स्थायी बासिन्दा र देशमा प्रवेश गर्ने परिवारका सदस्यहरुका लागि परीक्षण तथा ७२ घण्टाको आईसोलेसनको प्रक्रिया सुरु गरिसकेका छन् । अन्य राज्यहरूमा १४ दिनको व्यवस्थित क्वारेन्टाइनको आवश्यकता पर्छ र यात्रु क्याप व्यवस्थाहरु गरिएको छ । 

प्रत्येक १५ दिनमा अस्ट्रेलिया फर्कनेहरुलाई सहयोग गर्न अस्ट्रेलिया सरकारको डार्विनको होवार्ड स्प्रिङमा क्वारेन्टाइन सुविधा उपलब्घ छ ।

हाम्रो खोप दर विश्वकै सबैभन्दा उच्च रहेको छ, ९२.३ प्रतिशतले पहिलो मात्रा लगाएका छन तथा योग्य जनसङ्ख्याको ८६.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सम्पूर्ण जनसंख्याका लागि बुस्टर डोज कार्यक्रम सुरुवात गरेको एकमात्र देश रहेको छ र ४ लाख १५ हजार अस्टे«लियनले बुस्टर डोज प्राप्त गरेका छन् ।

अस्ट्रेलिया संग कोभिडविरुद्धको गरेको कामको प्रमाणित तथ्याङ्क छ, हामी कहाँ सबैभन्दा कम मृत्यु दर, उच्च खोप दर र विश्वकै सबैभन्दा बलियो अर्थव्यवस्थाहरु मध्ये एक छ ।  हामी चिकित्सा विशेषज्ञहरुको नेतृत्वमा समझदारी र उत्तरदायी प्रमाणमा आधारित कार्य गर्न जारी राख्नेछौ । यसले सुनिश्चित गर्नेछ कि हामी सुरक्षित रूपमा खोल्न सक्छौ, र सुरक्षित रूपमा खुल्ला रहन सक्छौ किनभने हामी भाइरससंग बाच्न सिक्छौ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर