क्यानबेरा । लाखौं अस्ट्रेलियनले यस आर्थिक वर्षमा थप ४ सय २० डलर कर छुट पाउने भएका छन् ।
चुनाव अघिको संघीय बजेटमार्फत महंगो हुदै गएको जीवनयापनको चिन्ताको सामना गर्ने प्रयास स्वरुप सरकारले कर छुट गर्ने निर्णय गरेको हो ।
चुनाव पूर्वको बजेटमा सरकारले न्यून तथा मध्यम आय कर अफसेट बढने सरकारले अनुमान छ, जुन वार्षिक १ लाख २६ हजार डलर भन्दा कम आम्दानी गरिरहेका अष्ट्रेलियनका लागि केही समयको कर छुट हो ।
वर्तमान अवस्थमा योग्य व्यक्तिले आफ्नो कर दर्ता गर्दा २ सय ५५ देखि १ हजार ८० डलरसम्म प्राप्त गर्ने भएपनि नया परिवर्तन अनुसार जुलाई १ बाट ६ सय ७५ देखि १ हजार ५ सय डलर प्राप्त गर्नेछन् ।
यसको अर्थ एक करोड अष्ट्रेलियन नागरिकले कर तिर्ने समयमा ४ सय २० डलर प्राप्त गर्नेछन् ।
यो योजना चार वर्ष अघि लागू गरिएको थियो जुन कोभिडको समयमा दुई पटक थप गरिएको थियो ।
केही अर्थशास्त्रीले भने चिन्ता व्यक्त गर्दै यसले ७ विलियन डलर प्रोत्साहन भुक्तानीको रुपमा काम गर्न सक्ने तथा बढ्दो मुद्रास्फितिमाथि दवाव थप्न सक्ने उल्लेख गरेका छन् ।
जसले गर्दा रिजर्भ बैंकहरुलाई समय भन्दा आधिकारिक ब्याजदर उठाउन बाध्य पार्ने आशंका गरिएको छ ।