फेन्काले अस्ट्रेलियाका सबै राज्यमा मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने

फेन्काले अस्ट्रेलियाका सबै राज्यमा मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने
नेपालआईज
२४ वैशाख २०७९ १३:५८

आजको सामाजिक संजालमा फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसियन अस्ट्रेलिया (फेन्का)को फेसबुक पेजबाट लिएका छौ । जहाँ लेखिएको छ, २९ मे १९५३ मा नेपालका शेर्पा तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका एडमन्ड हिलारीले समुन्द्र सतहबाट २९,०२९ फिटको उचाइमा रहेको सगरमाथा आरोहण गर्दा इतिहास रचिएको थियो ।
उनीहरुको उपलब्धिको सम्झनामा नेपालले हरेक वर्ष मे २९ मा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने निर्णय गरेको थियो ।
FeNCAA ले यस वर्षदेखि यो दिवस मनाउँदैछ। प्रत्येक राज्यले कार्यक्रम गर्नेछ। थप जान्नको लागि कृपया आफ्नो राज्य संयोजकहरूसँग सम्पर्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर