Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
तामाङ घेदुङ समाज क्यानवेराले २५६६ औँ बुद्ध जयन्ती मनाउँदै
नेपालआईज
२८ वैशाख २०७९ १३:२७
क्यानवेरा । तामाङ घेदुङ समाज क्यानवेराले मे १६ तारिखमा क्यावेराको भेत्नामी मन्दिरमा २५६६ औँ बुद्ध जयन्ती मनाउने भएको छ ।
गौतम बुद्धको २५६६ औँ जयन्तीको अवसरमा शान्तिको कामना गर्दै बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । अस्ट्रेलियाको राजधानीमा क्यानवेरामा पनि गौतम बुद्धको २५६६ औँ को अवसरमा विश्व शान्तिको सन्देश दिन र आफ्नो संस्कृति जगेर्नाका लागि कार्यक्रम आयोजना गरिएको तामाङ घेदुङ समाज क्यानबेराका संस्थापक कर्मा लामाले जानकारी दिनुभयो ।
साथै क्यानवेरामा रहनू हुने नेपाली दाजु भाइ तथा दिदी बहिनी लगायत सम्पूर्ण संस्थालाई कार्यक्रममा सहभागी हुन् तामाङ घेदुङ समाज क्यानबेराले अनुरोध गरेको छ ।