सिड्नी । सुदुर पश्चिम समाज अस्ट्रेलियाले यहाँका तीन अनलाइनले राखेको समाचारको हेडलाइनप्रति खण्डन गरेको छ ।
सुदुर पश्चिम समाज अस्ट्रेलियाका अध्यक्ष मोहन देव भट्टले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सुदुर पश्चिम समाज अस्ट्रेलियामा कुनै नेतृत्व परिवर्तन भएको छैन, समाचारका हेडलाइननहरुले भ्रम सिर्जना गर्यो ।’
सुदुर पश्चिम समाज अस्ट्रेलिया, न्यु साउथ वेल्सले यस अघि नयाँ कार्यसमिति बनाएको समाचार हामिले प्रकाशन गरेका थियौं । समाजको खण्डनपछि सो समाचारको हेडलाइनलाइ सच्याएका छौं।
साथै अध्यक्ष भट्टले सुदुर पश्चिमबाट अस्ट्रेलिया आएका सवैलाइ सुदुर पश्चिम समाज अस्ट्रेलियाको सदस्यता लिन समेत आग्रह गरेका छन् ।