अस्ट्रेलियामा आज संघीय चुनाव; सिड्नीको म्याकार्थर क्षेत्रबाट विनोद पौडेल चुनावी प्रतिस्पर्धा गर्दैं

अस्ट्रेलियामा आज संघीय चुनाव; सिड्नीको म्याकार्थर क्षेत्रबाट विनोद पौडेल  चुनावी प्रतिस्पर्धा गर्दैं
नेपालआईज
६ जेठ २०७९ १५:२२

छत्र शंकर । शनिबार (आज) अस्ट्रेलियामा सङ्घीय निर्वाचन हुँदैछ ।  

संघीय निर्वाचन तल्लो, सदनको १ सय ५१ तथा सिनेटको ४० सिटका लागि हुनेछ । लिबरल पार्टीका नेता मोरिसनको सत्तारुढ गठबन्धनसँग प्रतिनिधि सभामा हाल ७६ सिट छ भने विपक्षीसँग ६८ सिट रहेको छ ।

आज भइरहेको चुनावमा हाउस अफ रेप्रिजेन्टेटिभको १५१ सिटका लागि  अस्ट्रेलियाभर १२ सय ४ जना उमेद्वार चुनावी  प्रतिस्पर्धामा छन् ।

त्यस्तैगरी  ७६ सिटको सिनेटका लागि ४ सय २२ जना उमेद्वार चुनावी मैदानमा छन ।  आज हुनगइरेको चुनावले अस्ट्रेलियाको राष्ट्रिय राजनीतमा परिवर्तान ल्याउने छ ।

आजको निर्वाचनमा १ करोड ७२ लाख ८ हजार ९ सय मतदाता  रहेका छन्  भने देशभर ८ हजार मतदान केन्द्रहरु रहेको निर्वाचन आयोगले जनाएको छ ।

संघीय सांसदमा सत्तारुढ दल लिवरलको तर्फबाट सिड्नीमा नेपालीमुलका विनोद पौडेल चुनावी मैदानमा छन ।

सन् २०१३ देखि सत्तारुढ गठबन्धन सत्तामा रहेको छ । जसमा टोनी अबोट, माल्कम टर्नबुल र मरिसन प्रधानमन्त्री भएका छन् । शनिबार हुने निर्वाचनमा लेवर र लिबरल पार्टीबीच प्रतिस्पर्धा हुँदैछ । दुवै दलले आ-आफ्नो जितको दाबी गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर