अस्ट्रेलियामा चिसो बढ्यो, अर्को हप्तासम्म मौसम खराव हुने 

अस्ट्रेलियामा चिसो बढ्यो, अर्को हप्तासम्म मौसम खराव हुने 
नेपालआईज
२२ जेठ २०७९ १०:३४

तास्मानिया । अस्ट्रेलियाको पूर्वी तटमा एक हप्तासम्म अत्यधिक चिसो हुने भएको छ । पहाडी क्षेत्रमा हिउँ परेका कारण चिसो बढ्ने बताइएको छ । 

साउथ अस्ट्रेलिया, भिक्टोरिया, न्यू साउथ वेल्स, तास्मानिया, क्यानवेरामा  सोमबारसम्म चिसो हावाको प्रभाव देखिने छ । 

स्काई वेदरले जनाए अनुसार ध्रुवीय हावाको कारण देशको दक्षिण पूर्वी क्षेत्रमा चिसो बढेको हो । स्काई वेदरले हप्ताको अन्त्यबाट दक्षिण पूर्वी क्षेत्रतर्फ पुनः चिसो बढ्ने जनाएको छ । अल्पाइन क्षेत्रको अवस्था झन् बढी खराब हुने बताइएको छ । 

आइतबार पश्चिमी वायुसँगै भारी वर्षाको सम्भावना रहेको छ ।  अर्को हप्तासम्म मौसम खराब रहिरहने जनाइएको छ ।

तास्मानियामा समुद्री हावाको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको