प्रवासी नेपाली मञ्च तास्मानिया द्वारा होबार्टमा रक्तदान कार्यक्रम सम्पन्न 

प्रवासी नेपाली मञ्च तास्मानिया द्वारा होबार्टमा रक्तदान कार्यक्रम सम्पन्न 
नेपालआईज
१३ असार २०७९ १३:४५

होबार्ट ।  प्रवासी नेपाली मञ्च तास्मानियाले होबार्टमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा समुदायका विभिन्न व्यक्तिहरूले  रक्तदान गरेका थिए ।

मञ्चका तास्मानिया  उपाध्यक्ष केराज खनालका अनुसार  नौ जनाले रक्तदान गरेका थिए ।  जसमध्ये केराज खनाल, गुरपेन्द्र गायन  र  पुष्पराज आचार्यले प्लाज्मा दान गरेका थिए । साथै ,राज जोशी,नितेन गुरुङ,निश्चल डल्लाकोटी,स्वस्तिका थापा, स्वासत श्रेष्ठ  र रमेश महाराज सिंहले रक्तदान गरेको उपाध्यक्ष खनालले बताए ।

साथै लनचेस्टनमा भने जुलाईको अन्तिम सातामा रक्तदान कार्यक्रम आयोजना गरिने भएकाले  रक्तदान गर्न इच्छुकहरुले सम्पर्क गर्न मन्चका अध्यक्ष मुगेन गौतमले आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको