क्यानबेरा । भिसा आवेदनहरूको ब्याकलग प्रक्रियालाई अघि बढाउनु अल्बानीज सरकारको लागि तत्काल प्राथमिकताको विषय बनेको छ। अध्यागमन, नागरिकता र बहु सांस्कृतिक मामिला मन्त्रीले हालको भिसा ब्याकलगलाई सम्बोधन गर्न थप कर्मचारीहरू खटाउन गृह विभागलाई निर्देशन दिएका छन् ।
विभागले खनसगरि धेरै मानिसहरू अस्ट्रेलियामा यात्रा गर्न र आर्थिक वृद्धिमा योगदान दिन र श्रम अभावमा सहयोग गर्न सक्ने अस्थायी दक्ष, विद्यार्थी र भिजिटर भिसालाई प्राथमिकतामा राखेको छ । अध्यागमन, नागरिकता र बहु सांस्कृतिक मामिला मन्त्री एन्ड्रयु गिल्सले विभागलाई सकेसम्म चाँडो ब्याकलग समाधान गर्न जिम्मेवारी दिएका छन्। मन्त्री गिल्सले ब्याकलग सम्बोधन गर्न उपलब्ध सबै विकल्पहरूको मूल्याङ्कन गरिरहेका बताइएको छ ।
पहिले नै भिसा प्रक्रियाका लागि मे २०२२ देखि झन्डै १४० नयाँ कर्मचारीहरू खटाइएका छन्। यसबाहेक, विभाग र अस्ट्रेलियाली सीमा बलबाट ओभर टाइम काम गर्ने क्षमता बढाइएको छ। जुन २०२२ को सुरुदेखि ६ लाख ४५ हजार अफसाेर भिसा आवेदनहरू सहित ७ लाख ४५ हजार हजार भिसा आवेदनहरूलाई अन्तिम रूप दिइएको छ।
जसमा ३ लाख ८८ हजार आगन्तुक भिसा, ६२ हजार विद्यार्थी भिसा र ९ हजार ५ सय ५० अस्थायी दक्ष भिसा समावेश छन्।