Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
एसियामा अशान्तिको संकेत, २१ वटा चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा पुगे
नेपालआईज
१८ साउन २०७९ ७:३२
एजेन्सी । करिब २१ वटा चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेको ताइवान न्यूजले जनाएको छ ।
अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी ताइवानको विवादास्पद भ्रमण गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेको ताइवान न्यूजले जनाएको हो । पिपुल्स लिबरेशन आर्मी एयर फोर्स (पीएलएएएफ) शेनयाङ जे-१६ लडाकु विमान १० वटा, आठवटा शेनयाङ जे-११ लडाकु विमान, एक केजे-५०० एयरबोर्न प्रारम्भिक चेतावनी र नियन्त्रण विमान, एक शानक्सी वाई-९ इलेक्ट्रोनिक युद्ध विमान र एक शान्छी वाई-८ इलेक्ट्रोनिक इन्टेलिजेन्स विमान ताइवानको एडिआईजेडको दक्षिणपश्चिममा देखिएको रक्षा मन्त्रालयले जनाएको छ । जवाफमा, ताइवानले विमान पठाएर रेडियो चेतावनी जारी गर्नका साथै पीएलएएएफ विमानहरू ट्र्याक गर्न वायु रक्षा मिसाइल प्रणालीहरू तैनाथ गरेको जनाइएको छ । यसै महिनासम्म चीनले ताइवानको पहिचान क्षेत्रमा २२ वटा लडाकु विमान र तीनवटा स्पटर प्लेनसहित २५ सैन्य विमान पठाएको छ । सभामुख पेलोसी मंगलबार राति ताइवान पुगेकी थिइन् ।
पेलेसीको ताइवान भ्रमणलाइ लिएर चाइनाले कडा विरोध जनाउदै आएको छ ।