अमेरिकामा विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी चक्कु प्रहार

अमेरिकामा विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी  चक्कु प्रहार
नेपालआईज
२८ साउन २०७९ ५:००

एजेन्सी । अमेरिकाको न्यूयोर्कमा विश्व प्रसिद्ध लेखक सलमान रुस्दीको घाँटीमा चक्कु प्रहार भएको छ । न्यूयोर्क प्रहरीका अनुसार एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा चक्कु प्रहार भएको हो ।

एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार गरेका थिए ।  प्रत्यक्षदर्शीहरुका अनुसार उनको नाम बोलाइँदै गर्दा एक व्यक्ति मञ्चमा दौडेर गएर उनीमाथि गएर चक्कु प्रहार गरेका थिए। त्यसपछि रुस्दी ढलेका थिए। उनको घाँटीमा चोट लागेको बताइएको छ।

रुस्दी ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन् ।

प्रहरीले आक्रमणको पुष्टि गरेको छ। रुस्दीको अवस्था स्पष्ट पारिएको छैन।  

भारतमा जन्मेका लेखक १९८१ मा प्रकाशित ‘मिडनाइट्स चिल्ड्रेन’ नामक पुस्तकबाट चर्चित भएका थिए। सो किताब बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो । ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर