क्वीन्सल्याण्डमा जिएसटी फिर्ताको झुटा विवरण बुझाउने महिलालाई २० महिना जेल सजाय

क्वीन्सल्याण्डमा जिएसटी फिर्ताको झुटा विवरण बुझाउने महिलालाई २० महिना जेल सजाय
नेपालआईज
१२ भदौ २०७९ ८:२५

ब्रिस्बेन /अस्ट्रेलियामा क्वीन्सल्याण्डकी एक महिलालाई ६ लाख ५० हजार डलर बरावरको जिएसटी फिर्ताको लागि गलत कागजपत्र बुझाउने  प्रयास गरेको आरोपमा जेल सजाय सुनाइएको छ ।

अस्ट्रेलियाको कर कार्यालयले लेखा परीक्षणको क्रममा उनको  जिएसटी फिर्ताको झुटा दाबीहरू पत्ता लगाएपछि ती महिलालाई ब्रिस्बेनको जिल्ला अदालतले जेल सजाय सुनाएको हो । अमान्डा बर्मन नामक महिलाले २० महिना जेलमा बिताउनु पर्नेछ । अमान्डाले सक्रिय व्यवसायहरूसँग लिङ्क नभएको एबिएन प्रयोग गरेर जिएसटीमा १ लाख ५० हजार भन्दा बढी चोरी गरेकी थिइन् ।

उनले लगभग ५ लाख थप दाबी गर्ने प्रयास गरिन् । तर अस्ट्रेलियाको कर कार्यालयले लेखा परीक्षणको क्रममाा उनले व्यवसाय चलाइरहेको प्रमाणित गर्न असफल भए पछि दाबी अस्वीकार गरेको थियो । उनको जिएसटी दर्ताहरू रद्द गरिसकेपछि, उनले अझै पनि कुनै प्रमाण बिना नै काल्पनिक दाबी गरिरहेकी थिइन् । उनले झुटो दाबी गरेको पैसा फिर्ता गर्न पनि आदेश दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर