एक लाख ९५ हजार दक्ष आप्रवासीहरूलाई अस्ट्रेलियाले काम र स्थायी बसोबासको भिसा दिने

एक लाख ९५ हजार दक्ष आप्रवासीहरूलाई अस्ट्रेलियाले काम र स्थायी  बसोबासको  भिसा दिने
नेपालआईज
१७ भदौ २०७९ ११:४५

क्यानबेरा । अस्ट्रेलियाले देशमा  दक्ष कामदारको अभाव सम्बोधन गर्न   भिसाको कोटा बढाएको छ । अस्ट्रेलियाको सरकारले पर्मानेन्ट स्किल माइग्रेसनको क्याप यस वर्षका लागि ३५ हजारले बढाउने भएको हो  ।

कामदारको माग सम्बोधन गर्न अल्बानिज सरकारले पर्मानेन्ट स्किल माइग्रेसनको क्याप १ लाख ९५ हजार पुर्‍याउने भएको हो । रोजगार तथा सीप शिखर सम्मेलनको अन्तिम दिन शुक्रवार गृहमन्त्री क्लेर ओ’निलले  भिसाको कोटा बढाउने घोषणा गरेकी हुन् ।

अहिले पर्मानेन्ट स्किल माइग्रेसनको क्याप १ लाख ६० हजार रहेको थियो ।   ओ’निलले यस परिवर्तनको अर्थ हजारौँ नर्स र इन्जिनियरहरू देशमा बसोबास गर्न सक्ने बताइन् ।

ओ’निलले यसका लागि राज्य र क्षेत्र प्रायोजित भिसाहरू गत वर्षको ११ हजारबाट बढाएर ३१ हजार पुर्‍याइने बताइन् । अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले भिसा ब्याकलगहरू हटाउन र पर्खाइको समय छोटो बनाउने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर