मलेसियामा एक नेपाली आठ महिनादेखि सम्पर्कविहीन, खोजीका लागि अपिल

मलेसियामा एक नेपाली आठ महिनादेखि सम्पर्कविहीन, खोजीका लागि अपिल
नेपालआईज
४ माघ २०७९ ९:५०

मलेसिया । वैदेशिक रोजगारको सिलसिलामा मेलेसियामा पुगेका सुनसरीका एक युवा सम्पर्कविहीन भएका छन् । इटहरी उपमहानगरपालिका–११ का आशनारायण चौधरी गत वैशाख १२ गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको हो ।

चौधरी २०७६ जेठमा मलेसिया पुगेका थिए । उनी साहआलम शहरस्थित डीआई इलेक्ट्रोनिक्स स्प्लेनडिड कम्पनीमा कार्यरत थिए ।

मलेसियास्थित नेपाली दूतावास, रोजगारदाता कम्पनी, मलेसियन प्रहरीलगायत चौधरीको खोजतलासमा जुटेका छन् । तर, ८ महिना बित्दासमेत फेला नपरेपछि परिवारजन चिन्तित बनेका छन् ।

चौधरीलाई कसैले देखेमा दूतावासको हटलाइन ०१६–२४७२७७७ मा खबर गरिदिन अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर