समुन्द्री बाटो हुँदै अस्ट्रेलिया आएका १९ हजार शरणार्थीहरूले पिआर पाउने!

समुन्द्री बाटो हुँदै अस्ट्रेलिया आएका १९ हजार शरणार्थीहरूले पिआर पाउने!
नेपालआईज
२ फागुन २०७९ २२:२९


एजेन्सी। वर्षौंदेखि दोधारमा रहेका हजारौं शरणार्थीहरू सोमबार देखि अस्ट्रेलियाको स्थायी बसोबासको लागि योग्य हुने भएका छन् । अल्बानिज सरकारले समुन्द्री बाटो हुँदै आएका १९ हजार शरणार्थीहरूले स्थायी बसोबासका लागि आवेदन दिन सक्ने घोषणा गरेको छ ।
यसले अस्थायी सुरक्षा भिसाको प्रयोग अन्त्य गर्न गत चुनावमा लेवर पार्टीले गरेको वाचा पुरा गर्नेछ । यी परिवर्तनहरू दुबै टेम्पोररी प्रोटेक्सन र सेफ हेभन इन्टरप्राइज भिसा लिएकाहरुका लागि लागू हुनेछन् ।
तर यसका लागि २०१३ सेप्टेम्बर १८ मा सञ्चालनमा आएको सोभरेन बोरडर्स (सार्वभौम सीमाना) सुरु हुनु अघि अस्ट्रेलिया आइपुगेकाहरू मात्र योग्य हुने भएका छन् ।
सन् २०१३ मा तत्कालीन अध्यागमन मन्त्री स्कट मोरिसनले डुङ्गाबाट आएका शरणार्थीहरूलाई आफ्नो पारिवारिकसँग पुनर्मिलन हुन नदिने नीति ल्याएको थियो ।
उनीहरुले सोमवारदेखी योग्य शरणार्थीहरूले पारिवारिक पुनर्मिलन अधिकार र नागरिकता प्राप्तिका लागि स्थायी बसोबासको आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर