मेलबर्नमा घरजग्गा देखाउँदै बैना लिएर बेपत्ता भएका एक जना पक्राउ

मेलबर्नमा घरजग्गा देखाउँदै बैना लिएर बेपत्ता भएका एक जना पक्राउ
नेपालआईज
२८ चैत २०७९ १०:१३

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया प्रहरीले अनलाइन स्क्याममा संलग्न भएको आरोपमा कारबाही गरेको छ ।

प्रहरीका अनुसार ठगीमा संलग्न व्यक्तिले भाडामा घरजग्गा खोजिरहेका मानिसलाई अनलाइनमार्फत् सम्पर्क गर्ने र त्यपछि घरजग्गा देखाउँदै भाडा र बन्ड भुक्तानी लिएर उनीहरूसँगको सबै सम्पर्क विच्छेद गर्ने गरेका थिए ।

३८ वर्षीय उक्त व्यक्तिले सन् २०११ देखि नै अनलाइनमार्फत ठगी गर्दै आएको आरोप लगाइएको छ । उनलाई मेलवर्नको काउफिल्डबाट पक्राउ गरेको थियो । उनीमाथि ठगीको आठ मुद्दा चलाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको