Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
डार्विनमा आज नेपाल महोत्सव, नेपालमय वाटरफ्रन्ट पार्क !
नेपालआईज
२६ जेठ २०८० २२:३४
छत्र शंकर ।
डार्विन। एनआरएनए अस्ट्रेलिया नदर्न टेरिटोरीको आयोजनमा आज डार्विनमा तीन बजेबाट नेपाल फेस्टिभल हुँदै छ । वाटरफ्रन्ट पार्क डार्विनको मुख्य पर्यटकीय स्थल हो । जहाँ करिब १५ हजारको सहभागिता नेपाल महोत्सव हुने भएको हो । महोत्सव स्थल पुग्दा नेपाल पुगेझैँ लाग्छ । नेपाली कला संस्कृतिले भरीभराउ रहेको वाटरफ्रन्टमा पुर्वमेची देखि पश्चिम महाकालीको नेपाली संस्कृति झल्किएको छ ।
त्यति मात्र हैन वीर गोर्खालीको गाथा समेटिएको गोर्खा हाउस देखि बुद्धको प्रतिमा ,धरहरा स्वयम्भू र सगरमाथा डार्विनको वाटर फ्रन्टपार्कमा देख्न पाइने छ । अस्ट्रेलियनहरूलाई आकर्षण गर्ने उद्देश्यले सजिसजावट गरिएको कार्यक्रम स्थलमा नेपालका ग्रमिण क्षेत्रमा पकाइने चुल्हो देखि नेपाली विवाहको बारेमा जानकारी दिन परम्परागत जग्गे समेत बनाइएको छ । महोत्सवमा नेपाली सांस्कृतिक तथा नेपाली परम्परागत भोजनका स्टलहरू पनि राखिएका छन् ।
एनआरएनए नदर्न टेरिटोरीका संयोजक विष्णु चापागाईँले महोत्सवमा करिब १५ हजारको सहभागिता हुने जानकारी दिए । महोत्सव सम्पन्न गराउनका लागि यहाँको सरकारले तीन वर्षको लागि ९३ हजार डलर प्रदान गर्दै आइरहेको छ । फेस्टिभलको तयारी तीन महिना देखि भएको कार्यक्रमका संयोजक सञ्जीव गोर्खालीले जानकारी दिए ।
डार्विनको नेपाल फेस्टिभल समारोहलाई यहाँका मुख्यमन्त्री, अस्ट्रेलिया स्थित नेपाली राजदूत कैलाशराज पोखरेलले संवोधन गर्ने कार्यक्रम रहेको छ । अौपचारिक कार्यक्रममा , एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्सका संयोजक देव गुरुङ एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोख्रेल अतिथीको रुपमा सहभागि हुँदैछन् ।
महोत्सवमा स्थानीय तीन वटा ब्यान्डको संगितिक प्रस्तुतिपछि साँझपख चर्चित कलाकार प्रकाश सपुतको दर्शकलाई मनोरन्जन दिने कार्यक्रम रहेको छ ।