मेलबर्न । अस्ट्रेलियाको मेलवर्नस्थित रोयल वेस्टर्न क्लबको अध्यक्षमा रोशन दाहाल चयन भएका छन् । क्लबको हालै सम्पन्न साधारण सभाले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिका उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा तेज कार्की, सहसचिवमा विरोध थिङ, कोषाध्यक्षमा सुवाश पाण्डे तथा सहकोषाध्यक्षमा सुजात भण्डारी रहेका छन् । क्लब व्यवस्थापकमा दिपेन्द्र खड्का र एडमिन अफिसरमा दिपेन थापा रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा शंकर थापा, विकाश सिलवाल, जेनिशा गौतम, प्रताप लामा, विकाश गुरुङ, रवि थिङ, सुजन बस्नेत, सरोज शर्मा, बशन्त पोखरेल, आशेष दाहाल, श्रृष्टी बराल, सुदिप न्यौपाने, अमिर श्रेष्ठ र पब्लिक रिलेसन अफिसरमा उज्जवल अधिकारी चयन भएका छन् ।
बोम योन्जनको अध्यक्षतामा बसेको साधारणसभामा सचिव तेज कार्कीले वार्षिक प्रगति विवरण पेश गरेका थिए ।
कोषाध्यक्ष सुवाश पाण्डेले आर्थिक विवरण पेश गरे भने निर्वाचन अधिकृत सुनिल भण्डारीले निर्वाचनमा सहयोग गरेका थिए । अल नेपाल फुटबल एसोसियसनका सदस्य टीका लामा, नाभका अध्यक्ष प्रेमराज उप्रेती, एनआरएनए एनसीसी युथ कोओर्डिनेटर बबिन मिश्र, एनआरएनए भिक्टोरियाका पूर्व संयोजक हरि खड्का र एनआरएनए आईसी सदस्य नारायण कटुवालले मन्त्व्य राखेका थिए ।
क्लबका टाइटल स्पोनसर एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका निर्देशक सरोज शर्मा र बसन्त पोखरेलसहित प्रायोजक काठमाडौँ प्रोपर्टिजका निर्देशक दिकपाल देव पंगेनीले क्लबलाई सहयोग गर्ने बाचा गरे ।