क्यानबेरामा बीपीको सम्झना !

क्यानबेरामा बीपीको सम्झना !
नेपालआईज
२६ भदौ २०८१ २३:३८


केदार चापागाई , क्यानवेरा । जनसम्पर्क समिति क्यानवेराले नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बिश्वेश्वर प्रसाद (बीपी) कोईरालाको १११ औं जन्मजयन्ति भब्यरुपमा मनाएको छ। 


अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित कार्यक्रममा बक्ताहरुले बीपी कोईरालाको जीवन र योगदानका बिभिन्न पक्षहरूको चर्चा गरेको जनसम्पर्क समिति क्यानवेराका अध्यक्ष ललित मल्लले जानकारी दिनुभयो कार्यक्रमका प्रमुख अतिथी बिपी चिन्तन प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य आनन्द आचार्यले बिपीले देखाएको मार्गमा सबैले हिँड्न सके, बिपीले देखेको समृद्ध र लोकतान्त्रिक नेपालको सपना साकार हुन सक्ने बताउनुभयो । 

कार्यक्रममा बीपीको राजनीतिक, साहित्यिक, र समाजसेवी व्यक्तित्वको बारेमा गहिरो चर्चा गरिएको  थियो। बक्ताहरुले बीपीको योगदानको सम्झना गर्दै वर्तमान नेपाली राजनीतिमा उहाँको विचारधाराको प्रासंगिकता पनि औंल्याएका थिए । 

यसै बिच जनसम्पर्क समिति क्यानवेराले झण्डै २ महिना अघि आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी झण्डै ५० रक्त दातालाई सम्मान तथा प्रमाणपत्र बितरण गरेको अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर