अस्ट्रेलिया। मेलबर्नको शेप्पार्टनमा जारी नेशन्स कप २०२५ मा नेपाली फुटबल टिम फाइनलमा पुगेको छ। नेपाली टिमले शेप्पार्टन स्पोर्ट्स स्टेडियम (मैकइवेन रिजर्भ मैदान) मा शनिवार साँझ ७:३० बजे फाइनलमा अफगानिस्तान सँग भिड्दै छ ।
उक्त खेल हेर्न नेपाललाई सपोर्ट गर्ने खेल प्रेमीहरूले आफ्नो ठाउँ सुरक्षित गरिसेका छन्। सो खेल हेर्न दर्शकहरूको ठुलो भिड रहने छ। शनिवार नेपाली खेलाडीहरूको सपोर्टमा नेपाली झन्डा सहित समर्थकहरूको उपस्थितिले शेप्पार्टन नेपाल मय हुने छ ।
नेशन्स कप २०२५ का लागि नेपाली टिमको प्रतिनिधित्व गरिरहेका सुन्दर कार्कीले भने ”नेपाली खेलाडी र समर्थकहरूको उत्साहजनक उपस्थितिले अस्ट्रेलियाको बहुसाँस्कृतिक समाजमा नेपाल र नेपाली समुदायलाई चिनाउने अवसर मिलेको छ ।”
साथै उनले उक्त दिन सहभागी भई नेपाली खेलाडीहरूको हौसला बढाउन मेलबर्नको नेपाली समुदायलाई आग्रह गरेका छन् । उक्त खेलमा नेपाली फुटबल टिमका पूर्व क्याप्टेन सागर थापाले खेल्दै छन भने एलन न्यौपाने सहित शेप्पार्टनका खेलाडीहरू टिममा छन् । उक्त खेलमा दश राष्ट्रका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।
नेपालको खेलबारे जानकारी लिनुपरे नेपाली टिमका प्रतिनिधिलाई निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।
• सुन्दर कार्की: ०४३२ ७५३ ६५६
• विशाल कुँवर: ०४०२ ३१७ ४३४