अस्ट्रेलिया पुगेका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन् : रास्वापाले वैकल्पिक शक्तिको नेतृत्व गर्न सक्दैन

अस्ट्रेलिया पुगेका वरिष्ठ पत्रकार किशोर नेपाल भन्छन् : रास्वापाले वैकल्पिक शक्तिको नेतृत्व गर्न सक्दैन
नेपालआईज
२६ माघ २०८१ ६:४०

मेलबर्न । अस्ट्रेलिया भ्रमणमा रहेका वरिष्ठ पत्रकार किशोर नेपालले मेलबर्नका नेपाली समुदायसँग पचास वर्षे पत्रकारिता यात्रा बारे आफ्ना अनुभव बाँड्दै विगत र बर्तमान राजनीतिको समीक्षा गरेका छन् ।

उनको पचास वर्षे पत्रकारिता यात्राबारे केबिसी खबरले शनिबार मेलबर्नमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेका राजनीतिक दलहरूबाटै नयाँ विचारको उदय हुने बताए। प्रमुख दलका नेताहरूले राजनीतिलाई व्यवसायजस्तै बनाएको आरोप लगाउँदै, ती नेताहरूबाट देशले निकास पाउन नसक्ने दाबी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक शक्तिको नेतृत्व गर्न नसक्ने बताउँदै, उनले रास्वापाले पाएको जनमत आक्रोश मात्रै भएको टिप्पणी गरे। “जुन पार्टीको सभापति दुई देशको नागरिकता बोकेर पार्टी नेतृत्वदेखि गृहमन्त्रीसम्म हुन भ्याउँछ, त्यो कसरी वैकल्पिक शक्ति हुन सक्छ?” उनले रवि लामिछानेप्रति संकेत गर्दै भने। उनका अनुसार लामिछानेले पाएको जनताको साथ आक्रोश मात्र हो, वैकल्पिक शक्ति होइन।

कार्यक्रममा डा. राजु अधिकारी, बिपुल ज्ञवाली , डा. तिलक पोखरेल, बबिन मिश्र लगायतले नेपालको वर्तमान राजनीति र मिडियाको भूमिकाबारे प्रश्न गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर