मेलबर्न – अस्ट्रेलिया टुडेद्वारा प्रस्तुत अन्तर्राष्ट्रिय महिला दिवस अवार्ड २०२५ मा भारत, नेपाल, र थाइल्यान्डका बाणिज्यदूत कार्यालयहरू आधिकारिक साझेदार बनेका छन्।
यस प्रतिष्ठित कार्यक्रममा भारतीय वाणिज्यदूत कार्यालय, भिक्टोरिया , नेपाली वाणिज्यदूत कार्यालय, भिक्टोरिया, तथा रोयल थाई वाणिज्यदूत कार्यालय, मेलबर्न, समर्थनकर्ता (सपोर्टिङ पार्टनर) को रूपमा सहभागी भएका छन्।
तीन देशका बाणिज्यदूत कार्यालयहरूको सहकार्यले बहुसांस्कृतिक समाजको एकता प्रवर्द्धन गर्नुका साथै महिलाहरूको योगदानलाई सम्मान गर्न थप प्रेरणा मिल्ने उद्देश्य राखिएको नेपाली वाणिज्यदूत निराजन गौलीले बताए।
महिला सशक्तीकरण र विविध नेतृत्वलाई उजागर गर्ने यस महत्त्वपूर्ण अवसरमा सहभागी सबैलाई अस्ट्रेलिया टुडे टिमले आभार व्यक्त गरेको छ।