नेपाल फेस्टिभल मेलबर्नमा स्थानीयलाई आकर्षण गर्न डिजिटल होर्डिङ बोर्डबाट प्रचार

नेपाल फेस्टिभल मेलबर्नमा स्थानीयलाई आकर्षण गर्न डिजिटल होर्डिङ बोर्डबाट प्रचार
नेपालआईज
२६ फागुन २०८१ २३:२१

मेलबर्न – आगामी मार्च १५ मा हुने नेपाल महोत्सव मेलबर्न २०२५ को प्रचारलाई प्रभावकारी बनाउन मेलबर्नका विभिन्न स्थानहरूमा डिजिटल होर्डिङ बोर्डहरू राखिएका छन्। मेलबर्नका प्रमुख स्थानहरूमा यी होर्डिङ बोर्डहरू मार्च १० देखि महोत्सवको दिन सम्म रहने फेस्टिभलका पब्लिकेसन संयोजक दिनेश बन्जरा ले जानकारी दिएका छन्।

स्थानीय अष्ट्रेलियन समुदायलाई महोत्सवप्रति आकर्षित गर्न Preston (Murray Road Northland), Brooklyn (West Gate Fwy), Broadmeadows (Western Ring Road), South Morang (Plenty Road) लगायतका स्थानहरूमा डिजिटल होर्डिङ बोर्डहरू राखिएको बन्जराले बताए।

नेपाल महोत्सव मेलबर्न २०२५ को प्रचार अभियानको प्रमुख उद्देश्य नेपाली संस्कृति, परम्परा, कला तथा सम्पदा लाई व्यापक रूपमा प्रस्तुत गर्नु हो। मेलबर्नका स्थानीय बासिन्दा तथा अन्तर्राष्ट्रिय समुदायलाई महोत्सवमा सहभागी गराउँदै नेपालप्रति चासो जागरूक गराउने उद्देश्य रहेको NRNA भिक्टोरियाका संयोजक मणिरत्न सापकोटा ले बताए।

मुख्य स्थानहरूमा डिजिटल होर्डिङ बोर्ड राख्दा नेपाल महोत्सवबारे जनचेतना फैलाउन तथा स्थानीय दर्शकलाई महोत्सवमा सहभागी गराउन ठूलो मद्दत पुगेको आयोजकहरूको दाबी छ।

नेपाल महोत्सव मेलबर्नलाई भव्य र ऐतिहासिक बनाउन नेपाली तथा स्थानीय अष्ट्रेलियन समुदायको सहभागिता महत्वपूर्ण रहेको र प्रचार–प्रसार अभियानले महोत्सवलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर