Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
आज मेलबर्नमा नेपाल फेस्टिभल हुँदै, कार्यतालिका यस्तो छ !
नेपालआईज
३० फागुन २०८१ १२:५७
छत्र शंकर –
मेलबर्न – गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिले आयोजना गर्ने नेपाल फेस्टिभल मेलबर्न २०२५ शनिबार, मार्च १५ मा मेलबर्नको फेडेरेशन स्क्वायरमा हुँदैछ।
“संस्कृतिलाई आत्मसात् गर्दै, नयाँ पुस्तालाई प्रेरित गरौँ” भन्ने नारासहित आयोजना गरिने यो फेस्टिभल बिहान १० बजेदेखि राति १० बजेसम्म चल्नेछ। नेपाली संस्कृति, परम्परा, रहन-सहन, संगीत, नृत्य तथा नेपाली स्वादलाई प्रवर्द्धन गर्ने यस उत्सवमा बृहत् सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्।
कार्यक्रमतालिका–
समय
कार्यक्रम
१०:०० AM
मेलबर्न सेन्ट्रलस्थित स्टेट लाइब्रेरीमा भेला
१०:३० AM
परेड सुरु
१२:०० PM
सांस्कृतिक कार्यक्रम
४:३० PM
औपचारिक कार्यक्रम
६:०० PM
संगीत साँझ
एनआरएनए अष्ट्रेलियाले नेपाली राजदूतावास, क्यानबेरा, भिक्टोरियास्थित नेपाली वाणिज्य दूतको कार्यालय तथा मेलबर्न सिटी काउन्सिलको सहकार्यमा यो फेस्टिभल आयोजना गरेको हो। साथै, विभिन्न नेपाली समुदायका व्यवसायीहरूले आर्थिक सहयोग प्रदान गरेका छन्।
यो फेस्टिभल नेपाली समुदायका लागि मात्र नभई अष्ट्रेलियन समुदायलाई पनि नेपालको कला, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले आयोजना गरिएको हो। मेलबर्न तथा अष्ट्रेलियाका विभिन्न सहरहरूबाट नेपाली समुदायको उत्साहजनक सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
एनआरएनए भिक्टोरियाले सम्पूर्ण नेपाली समुदायलाई फेस्टिभलमा सहभागी हुन अनुरोध गरेको छ। साथै, कल्चरल परेडमा नेपाली कला, संस्कृति झल्कने भेषभूषासहित सहभागी हुन आग्रह गरिएको छ।