मेलबर्न -ब्रिस्बेनको उत्तरतर्फ बसोबास गर्ने एक व्यक्ति, जो हालै विदेशबाट फर्किएका थिए, उनमा ‘Measles‘ संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य अधिकारीका अनुसार, ती व्यक्ति अज्ञात रूपमा संक्रामक अवस्थामा रहँदा पछिल्ला चार दिनमा गोल्ड कोस्ट, ब्रिसबेन र सनशाइन कोस्टका केही स्थानहरूमा घुमफिर गरेका थिए। उनी २ अप्रिलमा गोल्ड कोस्टस्थित Yo-chi, Cotton On, Ghanda Clothing, Holey Moley Mini Golf, Bunk Hostel र Goldies मा विभिन्न समयमा पुगेका थिए।
त्यसपछि, ३ र ४ अप्रिलमा ब्रिसबेनको Bunk Hostel, Brooki Bakehouse, Sushi Hub, Cotton On, Central Station र Royal Brisbane and Women’s Hospital को आपतकालीन कक्षमा पुगेका थिए। ४ अप्रिलमा उनी सनशाइन कोस्टतर्फ Nambour ट्रेनमा यात्रा गरेर Australia Zoo पुगेका थिए र साँझ Springfield ट्रेनमार्फत ब्रिसबेन फर्किएका थिए। यी सबै स्थानहरूमा तोकिएको मितिमा उपस्थित भएका व्यक्तिहरूलाई आगामी तीन हप्तासम्म खसराको लक्षणबारे सतर्क रहन र स्वास्थ्यको निगरानी गर्न अनुरोध गरिएको छ।
खसराको प्रारम्भिक लक्षणहरूमा ज्वरो, थकान, नाक बग्ने, रुघा–खोकी, आँखा रातो र पोल्ने समावेश हुन्छन्, जुन केही दिनपछि अनुहारबाट सुरु भई शरीरभर फैलिने रातो दागदार र्याशको रूपमा देखा पर्छ। यदि तपाईंमा यस्ता लक्षण देखिन्छन् भने तुरुन्त GP सँग सम्पर्क गर्नुहोस्, तर अस्पताल वा क्लिनिक जानुभन्दा अघि फोन गरेर जानकारी दिनुहोस्, ताकि संक्रमण अरूमा नफैलियोस्।
थप जानकारीका लागि 13 HEALTH (१३ ४३ २५ ८४) मा सम्पर्क गर्न सकिन्छ।