क्यानबरा – अष्ट्रेलियन सरकारको बायो सेक्युरिटी विभागले सुंगुरजन्य परिकारहरू (pork products) अष्ट्रेलियामा नल्याउन वा नपठाउन सर्वसाधारणलाई कडा चेतावनी दिएको छ। सरकारद्वारा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनामा भनिएको छ, “Do not bring or send pork products to Australia – Help protect our animals from disease।”
बायो सेक्युरिटी विज्ञहरूले सुंगुरजन्य उत्पादनमार्फत रोगजन्य संक्रमण फैलिन सक्ने उच्च जोखिम भएकाले यस्ता वस्तुहरू ल्याउनु कानुन विपरीत रहेको बताएका छन्। विज्ञप्तिमा बेकन, सलामी, ससिज, मम र अन्य प्रक्रिया गरिएको मासुका परिकारहरूको चित्र राखेर “Not OK” भनेर देखाइएको छ।
सरकारले यात्रुहरूलाई अष्ट्रेलिया प्रवेश गर्दा वा सामान पठाउँदा कुन वस्तु ल्याउन पाइन्छ र पाइँदैन भन्नेबारे agriculture.gov.au वेबसाइटमार्फत जानकारी लिन आग्रह गरेको छ।
यो नियम उल्लंघन गर्नेलाई जरिवाना वा अन्य कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिइएको छ।