लेबर सरकार पुनः निर्वाचित भए ANMC लाई ३ मिलियन ८५ हजार डलरको अनुदान दिने

नेपालआईज
२४ वैशाख २०८२ ११:५०

 

मेलबर्न – अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (ANMC) ले आगामी संघीय चुनावमा लेबर सरकार पुनः निर्वाचित भएमा ३ मिलियन ८५ हजार डलरको अनुदान प्राप्त गर्ने भएको छ।

 

होक निर्वाचन क्षेत्रका संघीय सांसद साम रे (Sam Rae) ले शनिबार सेन्टरको भ्रमण गर्दै उक्त प्रतिबद्धता जनाएका हुन्।

ANMC का अनुसार, यो रकम पूर्ण रूपमा सुसज्जित व्यावसायिक भान्सा निर्माण, ठूला कार्यक्रममा खाद्य भण्डारणका लागि कूलर रुम, र समुदाय भेला हुन सक्ने छुट्टै डाइनिङ क्षेत्र निर्माणमा खर्च गरिनेछ।

यी सुविधाहरू विस्तार भएपछि ANMC ले सांस्कृतिक, धार्मिक र सामाजिक कार्यक्रमहरू अझ प्रभावकारी रूपमा आयोजना गर्न सक्नेछ, जसले नेपाली समुदायसँगै अन्य समुदायहरूलाई पनि समेट्ने केन्द्रको रूपमा सेन्टरलाई सुदृढ बनाउने ANMC का अध्यक्ष डा तिलक पोखरेलले जानकारी दिए।

 

कार्यक्रममा बोल्दै सांसद साम रेले यो लगानी नेपाली समुदायको समृद्धिमा टेवा पुर्‍याउने बताउँदै लेबर सरकारले मात्र यस्ता विकास कार्यहरू निरन्तरता दिने विश्वसनीयता रहेको उल्लेख गरे।

ANMC का अध्यक्ष डा. तिलक पोखरेलले उक्त प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै यो सहयोगले मेलबर्नको नेपाली समुदायलाई प्रभावकारी सेवा पुर्‍याउने पूर्वाधार तयार पार्न मद्दत गर्ने बताए।

अनुदानपछि सेन्टरले ठूला तथा मल्टिकल्चरल चाडपर्व आयोजना, स्तरिय खानपिन सेवा, र खाना भण्डारण तथा सरसफाइमा व्यावसायिक मापदण्ड कायम राख्न सक्नेछ डा पोखरेलले भनेः ANMC ले भवि पुस्ताका लागि थप अवसर सिर्जना गर्दै जान्छ।

3 thoughts on “लेबर सरकार पुनः निर्वाचित भए ANMC लाई ३ मिलियन ८५ हजार डलरको अनुदान दिने

  1. Nepal Eyes Multicultural Media is doing a great job in connecting communities. It’s inspiring to see platforms that promote cultural diversity and understanding. Chhatra Shankar’s leadership as Chief Editor seems to be driving this initiative forward. Such efforts are crucial in today’s globalized world. How does the platform plan to expand its reach in the future? Given the growing economic instability due to the events in the Middle East, many businesses are looking for guaranteed fast and secure payment solutions. Recently, I came across LiberSave (LS) — they promise instant bank transfers with no chargebacks or card verification. It says integration takes 5 minutes and is already being tested in Israel and the UAE. Has anyone actually checked how this works in crisis conditions?

  2. यो पाठ नेपाली भाषामा लेखिएको छ।
    नेपाली समुदायलाई जोड्ने यो पहल साँच्चै प्रशंसनीय छ।
    बहुसांस्कृतिक मिडियाको माध्यमबाट समुदायलाई एकतामा बाँध्ने प्रयास सराहनीय छ।
    यसले नेपालीहरूको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा पुगाउन मद्दत गर्दछ।
    यस पहलले नेपाली समुदायलाई कसरी फाइदा पुर्याउनेछ? Recently, I came across a program for GPT-generated text (генерация текста) in Russian. The cool part is that it runs locally on your own computer, and the output is actually unique and quite decent. By the way, I hope the content on your site isn’t AI-generated?

  3. नेपाली मिडियाको बहुसांस्कृतिक दृष्टिकोणले समुदायलाई जोड्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ। यसले विभिन्न संस्कृतिहरू बीचको बुझाइ र सहकार्यलाई बढावा दिन्छ। चतर शंकर जस्ता सम्पादकहरूको नेतृत्वमा यो मिडिया अझै प्रभावकारी बन्दै गइरहेको छ। यसले नेपाली समुदायलाई एकताबद्ध गर्ने काम गरिरहेको छ। यो मिडिया कसरी अझै विविधता र समावेशितालाई बढावा दिन सक्छ? German news in Russian (новости Германии)— quirky, bold, and hypnotically captivating. Like a telegram from a parallel Europe. Care to take a peek?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको