भिक्टोरियाकी प्रिमियरले दिइन् नेपाली नयाँ वर्षको शुभकामना !

भिक्टोरियाकी प्रिमियरले दिइन् नेपाली नयाँ वर्षको शुभकामना !
नेपालआईज
१ वैशाख २०८२ ६:३२

मेलबर्न – भिक्टोरिया राज्यकी प्रिमियर जेसिन्टा एलनले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा अष्ट्रेलियाभर रहेका नेपाली समुदायलाई शुभकामना सन्देश दिएकी छन्। उनले सम्पूर्ण भिक्टोरियनहरूको तर्फबाट नयाँ वर्षको शुभकामना व्यक्त गरेकी हुन्।

“नयाँ वर्षले भिक्टोरियामा बसोबास गर्ने नेपाली समुदायको मजबुती र समृद्ध सांस्कृतिक योगदानलाई स्मरण गर्ने उपयुक्त समय हो,” सन्देशमा उल्लेख गरिएको छ।

प्रिमियर एलनले हालै मेलबर्नको फेडेरेसन स्क्वायरमा सम्पन्न नेपाल महोत्सवमा सहभागी हुन पाएको अवसरलाई स्मरण गर्दै उक्त महोत्सवले नेपाली संस्कृति र समुदायको योगदानलाई उजागर गरेको बताइन्।

सन्देशमा उनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको योगदानप्रति आभार व्यक्त गर्दै, नेपाली वाणिज्य दूतावासले क्षेत्रीय सम्बन्ध सुदृढ गर्न गरेको प्रयासप्रति पनि धन्यवाद व्यक्त गरेकी छन्।

“मेरो परिवारको तर्फबाट तपाईं सबैलाई हार्दिक शुभकामना – नयाँ वर्षले तपाईंलाई सुख, शान्ति र समृद्धि ल्याओस्,” उनले लेखेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर