पर्थमा हुने ओसिनिया स्पोर्ट्स मिट २०२५ का लागि भिक्टोरियाको टिम घोषणा

पर्थमा हुने ओसिनिया स्पोर्ट्स मिट २०२५ का लागि भिक्टोरियाको टिम घोषणा
नेपालआईज
१ वैशाख २०८२ १०:५५

मेलबर्न – अष्ट्रेलियाको पर्थमा (१८ देखि २० अप्रिल २०२५) मा आयोजना हुने ओसिनिया नेपाली स्पोर्ट्स मिट २०२५ का लागि भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसन (VNCA) ले “युनाइटेड एण्ड स्ट्रङ टिम भिक्टोरिया” घोषणा गरेको छ।

नेपाली समुदायको प्रतिनिधित्व गर्दै भिक्टोरियाबाट छनोट गरिएका यी १३ खेलाडी उत्कृष्ट प्रदर्शन, समर्पण र खेलप्रतिको जुनूनका आधारमा छनोट गरिएको VNCA ले जनाएको छ। टोलीको नेतृत्व अमृत श्रेष्ठले गर्नेछन् भने आशिष जीसी उपकप्तानको भूमिकामा रहनेछन्।

अन्य खेलाडीहरूमा किरण कँडेल, राजेश पुलामी मगर, पारस लामिछाने, सुनिल धमला, किरण पाण्डे (विकेटकिपर), उदय देवकोटा, किशोर महतो, सुनिल सिंह भट, राशिम कँडेल, दिनेश सापकोटा र रोशन पौडेल (खेलाडी तथा टिम म्यानेजर) रहेका छन्।

टोलीलाई प्रशिक्षकको रूपमा वेन शुल्जले प्रशिक्षण दिनेछन् भने VNCA अधिकारी तथा टुर म्यानेजरको रूपमा शैलेश घिमिरे र स्टेट को-अर्डिनेटर (क्रिकेट) को रूपमा सुदीप न्यौपाने रहनेछन्।

टिमको घोषणा गर्दै आयोजकहरूले टिम VNCA, ONSM टोली, प्रायोजकहरू र समग्र नेपाली समुदायप्रति आभार व्यक्त गर्दै टिमलाई सफलताको शुभकामना दिन सबैलाई आह्वान गरेका छन्।

नेपाली क्रिकेटको गौरव बोकेको यस टिमलाई साथ दिँदै अष्ट्रेलियामा नेपाली खेल संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याउने समय आएको उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर