क्यानबेरा- अष्ट्रेलियामा आगामी संघीय चुनावको सन्दर्भमा दोस्रो चुनावी बहस आज, १६ अप्रिल २०२५ मा आयोजना हुँदैछ। प्रधानमन्त्री एन्थोनी अल्बानीजी र विपक्षी नेता पीटर डटनबीचको यो बहसले मतदाताहरूलाई दुबै नेताको दृष्टिकोण, नीति र योजनाहरू बुझ्न महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
कसरी हेर्ने?
यो बहस आज साँझ ८ बजे (AEST) बाट सुरु हुनेछ। दर्शकहरूले यसलाई ABC News च्यानल, ABC iview, वा ABC News वेबसाइटमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्। साथै, बहसको प्रत्यक्ष अपडेटहरू ABC News को सामाजिक सञ्जालमार्फत पनि उपलब्ध हुनेछन्।
तपाईंको प्रश्न के हो?
यस बहसमा उठ्ने मुद्दाहरूमा अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, आप्रवासन नीति, र राष्ट्रिय सुरक्षा जस्ता विषयहरू समावेश हुने अपेक्षा गरिएको छ। यदि तपाईं प्रधानमन्त्री अल्बानीजी वा विपक्षी नेता डटनसँग तपाई पनि प्रश्न गर्न सक्नुहुन्छ ।