मेलबर्नमा जीएसटी ठगी प्रकरण : एकजनालाई जेल सजाय

मेलबर्नमा जीएसटी ठगी प्रकरण : एकजनालाई जेल सजाय
नेपालआईज
३ वैशाख २०८२ २२:३२

मेलबर्न – अष्ट्रेलियाको कर प्रणालीमा ठगी गर्दै नक्कली व्यवसायको नाममा जीएसटी फिर्ती दाबी गर्ने एक पुरुष दोषी ठहरिएका छन्। अदालतले उनलाई दुई वर्ष ११ महिनाको जेल सजाय सुनाएको छ।

तर, सजायअनुसार उनी १ वर्ष ८ महिना जेल बसेपछि बाँकी समय राम्रो आचरणका आधारमा स्वतन्त्र रूपमा बस्न पाउनेछन्। उनले “सिढी बनाउने र फर्निचर मर्मत गर्ने” नाममा कुनै वास्तविक व्यापार नहुँदाहुँदै पनि नक्कली कागजातमार्फत ३ लाख ९० हजार डलर बराबरको जीएसटी फिर्ती दाबी गरेका थिए।

अदालतमा पेश भएका प्रमाणले यस्ता व्यवसायको अस्तित्व नरहेको पुष्टि गरेको थियो। अब उनलाई उक्त रकम फिर्ता गर्नु पर्नेछ, साथै आपराधिक दोषी ठहर भइसकेकाले भविष्यमा रोजगारी पाउन, विदेश यात्रा गर्न तथा ऋण लिन पनि कठिनाइ हुनेछ।

अष्ट्रेलियन ट्याक्स अफिस (ATO) ले यस्तो कर ठगीप्रति कडा कारबाही गरिने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर