Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
संघीय चुनाव नजिकिँदै गर्दा विपक्षी नेता पिटर डटन को मिडियामाथि गम्भीर आरोप
नेपालआईज
१४ वैशाख २०८२ ५:५४
मेलबर्न — संघीय चुनाव हुन अब एक सातामात्र बाँकी रहँदा विपक्षी नेता पिटर डटनले केही मिडियामाथि निष्पक्षता नअपनाएको आरोप लगाएका छन्।
मेलबर्नमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डटनले विशेष गरी ABC र गार्डियन जस्ता सञ्चारमाध्यमहरूलाई लक्षित गर्दै आक्रोश व्यक्त गरे। उनले यी मिडियाले “अनकेयर” अर्थात लापरवाह र एकपक्षीय समाचार सम्प्रेषण गरिरहेको दाबी गरे।
“मिडियाले के लेख्छन् भन्ने नहेरी तपाईंहरूले आफ्नै निर्णय लिनुहोस्,”डटनले मतदाताहरूलाई आग्रह गर्दै भने, “हामी हाम्रो पार्टीलाई जिताउन तपाईंहरूको समर्थन आवश्यक छ।”
डटनले मिडियामा आएको समाचारभन्दा आफूहरूले जनतासँग सिधा संवाद गरी भरोसा जित्ने प्रयास गरिरहेको बताएका छन्। उनले निष्पक्ष र स्वतन्त्र निर्णय गर्दै विपक्षी गठबन्धनलाई समर्थन गर्न आम नागरिकलाई अपीलसमेत गरेका छन्।