नेपाली समुदायप्रति चेतावनी !

मेलबर्नमा मज्जाले चलिरहेको NDIS प्रोभाइडर संस्था किन निलम्बनमा पर्यो?

मेलबर्नमा मज्जाले चलिरहेको NDIS प्रोभाइडर संस्था किन निलम्बनमा पर्यो?
मेलबर्न
२६ वैशाख २०८२ २३:०७

अष्ट्रेलियामा अपाङ्गता भएका व्यक्तिहरूको सहयोगका लागि सञ्चालनमा आएको NDIS (National Disability Insurance Scheme) अन्तर्गतको एक प्रमुख संस्था Cocoon SDA Care लाई सरकारले हालै निलम्बन गरेपछि यो क्षेत्रमा हलचल मच्चिएको छ।

निलम्बनको कारण “गम्भीर सुरक्षा चिन्ता” (serious safeguarding concerns) रहेको बताइएको छ। यस संस्थामार्फत सेवा लिँदै आएका ४३८ भन्दा बढी सेवाग्राहीहरू अब अन्यत्र बसोबास खोज्न बाध्य भएका छन्, जसले उनीहरूलाई थप मानसिक र व्यवहारिक कठिनाइमा पारेको छ।

के थियो समस्या?

The Australian लगायतका मिडिया रिपोर्टहरू अनुसार, संस्था सञ्चालनमा पारदर्शिता नहुनु, अपांग सेवाग्राहीहरूलाई घरबाट ताल्चा लगाई निकालिएको घटना, र केही कर्मचारीले सेवाग्राहीको व्यक्तिगत विवरण अन्य प्रदायकहरूलाई चुहाएको जस्ता गम्भीर विषयहरूले Cocoon SDA Care विवादमा फसेको हो।

सरकारको कडा निगरानी
NDIS आयोगले अब सेवा प्रदायकहरूमा निगरानी कडा बनाउँदैछ। पारदर्शिता, सेवा गुणस्तर र सेवाग्राहीको सुरक्षा सुनिश्चित गर्न सरकारी कदमहरू तीव्र बनाइएका छन्।

नेपाली समुदायप्रति चेतावनी
पछिल्लो समय नेपाली समुदायमा पनि NDIS बिजनेस गर्नेको संख्या उल्लेख्य रूपमा बढेको छ। यो निलम्बनको घटना नयाँ वा पुराना NDIS प्रदायक संस्थाहरूका लागि गम्भीर सन्देश हो।

सेवाग्राहीका नाममा आउने रकमको सही सदुपयोग नगरेमा संस्था कानुनी रूपमा जटिल मोडमा पुग्न सक्छ। क्लाइन्टको गोप्यता, सुरक्षाप्रति जिम्मेवारी र सेवा दिने शैलीमा उच्च मापदण्ड अपनाउनु अब विकल्प होइन, बाध्यता बनेको छ।

पाठ सिकौं
जसरी मेलबर्नमा मज्जाले चलिरहेको संस्था पनि एकै झट्कामा निलम्बनमा पर्यो, त्यसरी नै नियम, पारदर्शिता र सेवा गुणस्तरमा चुक्ने कुनै पनि संस्था खतरा मोलेर बसेको हुन्छ।

NDIS क्षेत्रमै काम गर्ने वा संस्था सञ्चालन गर्ने नेपाली समुदायले यस घटनाबाट पाठ सिकेर समयमै सावधानी अपनाउनु अत्यन्त जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर