भिक्टोरियामा  धारिलो हतियार बिक्रीमा प्रतिबन्ध, नर्थल्याण्डको हिंसात्मक झडपपछि सरकारको कडा निर्णय

भिक्टोरियामा  धारिलो हतियार बिक्रीमा प्रतिबन्ध, नर्थल्याण्डको हिंसात्मक झडपपछि सरकारको कडा निर्णय
नेपालआईज
१३ जेठ २०८२ ३:५९

मेलबर्न – गत आइतबार मेलबर्नस्थित नर्थल्याण्ड सपिङ सेन्टरमा भएको हिंसात्मक झडपपछि भिक्टोरिया सरकारले खुकुरी (machete) जस्ता खतरनाक हतियारको बिक्रीमा यसै बुधबारदेखि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

पहिले भिक्टोरियन सरकारले यो प्रतिबन्ध सेप्टेम्बर १ देखि लागु गर्ने योजना बनाएको थियो। तर, नर्थल्याण्डमा दुई किशोरबीच भएको भिडन्तमा एक व्यक्ति गम्भीर घाइते भइ सपिङ सेन्टर नै अस्थायी रूपमा बन्द गर्नुपरेपछि सरकारले तत्काल लागू गर्ने निर्णय गरेको हो।

दुई किशोरमाथि मुद्दा
नर्थल्याण्ड घटनासँग सम्बन्धित एक १६ वर्षीय र एक १५ वर्षीय बालकमाथि भिक्टोरिया प्रहरीले आरोप लगाएको छ। भिडन्तमा गम्भीर घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो भने सेन्टर केहीबेरका लागि लकडाउनमा गएको थियो।

मुख्यमन्त्री एलनको कडा अभिव्यक्ति
भिक्टोरियाकी मुख्यमन्त्री जेसिन्टा एलन ले पत्रकार सम्मेलनमा भनिन्,
“हामी यो निर्णय यति छिटो लिँदैछौं, किनभने हामी कहिल्यै यस्तो चाहँदैनौं कि जहाँ परिवारहरू किनमेल गर्न जान्छन्, रमाइलो गर्छन्, ती स्थानहरू डरको केन्द्र बनून्।” सरकारले अबदेखि खुकुरी, माचेतेजस्ता हतियारहरूको बिक्री, उपलब्धता र प्रयोगमाथि कडा निगरानी गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर