नेपाली मूलका अष्ट्रेलियन सैनिक पेम शेर्पाद्वारा लोबुचे हिमालमा अष्ट्रेलियाको झन्डा फहराइयो

नेपाली मूलका अष्ट्रेलियन सैनिक पेम शेर्पाद्वारा लोबुचे हिमालमा अष्ट्रेलियाको झन्डा फहराइयो
नेपालआईज
१४ जेठ २०८२ ६:२७

डार्विन / नेपाली मूलका अष्ट्रेलियन सैनिक पेम शेर्पाले नेपालको ख्यातिप्राप्त हिमशृंखला लोबुचे हिमालको शिखरमा पुगेर अष्ट्रेलियाको राष्ट्रिय झन्डारोयल अष्ट्रेलियन एयर फोर्स  को झन्डा  फहराएका छन्।

हाल अष्ट्रेलियाली वायुसेनामा कार्यरत शेर्पाले आफ्नो सफल आरोहणमार्फत अष्ट्रेलियाको नर्दन टेरिटोरी क्षेत्रको प्रतिनिधित्व गर्दै, नेपाली मूलका आप्रवासीहरूको साहस, समर्पण र नेतृत्व क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन्।

पेम शेर्पाको यस प्रेरणादायी कार्यलाई अष्ट्रेलियाका संघीय सांसद लुक गोसलिङ ले “गौरवपूर्ण क्षण” को रूपमा उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा शेर्पाको शिखर चुमिरहेको तस्वीर सेयर गर्दै लेखेका छन्,
“यो सधैं सम्झनलायक गौरवको क्षण हो। पेमको प्रतिबद्धता र प्रेरणा सबैका लागि उदाहरण हो।”

सगरमाथाको लक्ष्य

लोबुचेको सफल आरोहणसँगै शेर्पाले अब आफ्नो अर्को लक्ष्य विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने रहेको बताएका छन्।

अष्ट्रेलियाली सेनामा कार्यरत नेपाली मूलका यो युवा सैनिकको साहसिक कदमले अष्ट्रेलिया र नेपालबीचको मित्रता र आप्रवासी नेपालीहरूको योगदानलाई नयाँ उचाइमा पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको