विद्यार्थीहरुलाई सुझाव, पढाइ र पीआरमा फोकस गरौं ! प्रेमको अन्त्य मृत्युमा, आरोपित धरौटीमा छुटे!

विद्यार्थीहरुलाई सुझाव, पढाइ र पीआरमा फोकस  गरौं ! प्रेमको अन्त्य मृत्युमा, आरोपित धरौटीमा छुटे!
नेपालआईज
२५ जेठ २०८२ २३:४०

मेलबर्न , भिक्टोरियाको ट्रुगानिनामा फोर्ड मस्टाङ दुर्घटनामा आफ्नै प्रेमिकाको ज्यान गएको घटनामा संलग्न ठहरिएका २३ वर्षीय चालकलाई अदालतले धरौटीमा रिहा गरेपछि मृतक युवतीको परिवार स्तब्ध बनेको छ।

  उनी  भिक्टोरिया  विश्वविद्यालयमा अध्ययनरत  थिईन ।  उनी सवार रहेको फोर्ड मस्टाङ कार ट्रुगानिनास्थित सडकमा पार्किङ अवस्थामा रहेको एक ट्रकमा ठोक्किँदा घटनास्थलमै उनको ज्यान गएको  थियो ।

प्रहरीका अनुसार उक्त दुर्घटना बुधबार बिहान सबेरै भएको थियो। अर्कदीपसँगै सवार चालक २३ वर्षीय युवक गम्भीर घाइते भए पनि बाँचेका छन्। प्रारम्भिक अनुसन्धान अनुसार ती चालकले गाडीको गति र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको आशंका गरिएको छ।

प्रहरीका अनुसार ती युवकले गाडीको नियन्त्रण गुमाउँदा भएको भीषण दुर्घटनामा युवतीको घटनास्थलमै मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा उनलाई लापरवाहीपूर्वक सवारी सञ्चालन गरी ज्यान लिनुमा दोषी ठहर गर्दै पक्राउ गरिएको थियो।

तर बिहीबार अदालतमा पेश गरिएपछि एकजना मजिस्ट्रेटले युवकलाई केही शर्तसहित धरौटीमा रिहा गर्ने आदेश दिएका छन्। यो निर्णयसँगै पीडित परिवारले गहिरो दुःख र निराशा व्यक्त गरेको नाइन न्यूजले उल्लेख गरेको छ।

पीडित पक्षले न्यायको अपेक्षा गरिरहेका बेला प्रारम्भिक सुनुवाइमै आरोपित रिहा हुनुप्रति उनीहरूले न्याय प्रणालीप्रति प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर