एनटी टिमको समर्पण

यो कार्यकालको अन्तिम कार्यक्रम बन्यो डार्विन नेपाल फेस्टिभल

यो कार्यकालको अन्तिम कार्यक्रम बन्यो डार्विन नेपाल फेस्टिभल
डार्विन
३२ जेठ २०८२ २२:३५

 

अष्ट्रेलिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको  वर्तमान कार्यकालको शनिबार डार्विनमा सम्पन्न नेपाल फेस्टिभलसँगै भावुक बिदाइको मोडमा पुगेको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको नेतृत्व र एनटी टिमको समपर्णमा आयोजित यो अन्तिम ठूलो सार्वजनिक महोत्सवले न केवल डार्विनको आकाश रंगायो, नेपाली मनहरूमा गहिरो छाप पनि छोड्यो।

जनकार्यक्रममै समर्पित जीवन

अध्यक्ष पोखरेलको कार्यकाललाई हेर्दा, उनलाई पदको होइन, सेवा र समर्पणको पर्याय भन्न सकिन्छ। राज्य-राज्यमा पुगेर नेपाली समुदायसँग घुलमिल हुने, सरकार तथा नीति निर्माण तहमा नेपाली आवाज पुर्‍याउने, अनि कुनैपनि कार्यक्रममा संस्थागत उपस्थिति जनाउने उनको शैली प्रेरणादायी रह्यो। विशेषगरी सिड्नीबाट हजारौं किलोमिटर टाढा रहेको डार्विनमा समेत उनी दुईपटक पुगे,त्यो पनि सामुदायिक भेला मात्र हैन, कलासंस्कृति र सहभागिताको पर्वमा।

एनटी टिमको समर्पण

एनआरएनए नर्दन टेरिटोरीका संयोजकसहितको टिमले  हरेक वर्ष नेपाल फेस्टिभलको संयोजन गर्ने जिम्मेवारी सहज छैन, तर उनीहरूले जुन समर्पणका साथ त्यो वहन गरेका छन्, त्यो प्रशंसनीय छ। अन्य राज्यहरू वर्षमा एकपटक कार्यक्रम गर्दा पनि थकानले चुप लाग्ने अवस्था आउँछ, तर एनटीका यो टिम वर्षमै दुईपटक महोत्सव सम्पन्न गर्छ ,जुन उनीहरूको अदम्य उत्साह र श्रमशीलताकै परिणाम हो।

यी कार्यक्रमहरू सफल बनाउन उनीहरू महिनौँ अघिदेखि नै बिहानदेखि बेलुकीसम्म खटिएका हुन्छन्। धुलो, मैलो र गर्मीको पर्वाह नगरी, उनीहरूले बिनाराम मेहनत गर्छन्। विशेषतः महोत्सवको अघिल्लो दिनदेखि समापन नहुन्जेलसम्म त उनीहरूलाई परिवारका लागि समय निकाल्नसमेत भ्याइँदैन।

यिनै होऊन् एनटीका ती समर्पित व्यक्तित्वहरू, जसले दुइ वर्षमा दुईपटक महोत्सव गरेर केवल संस्कृति जोगाएका छैनन्, प्रवासी नेपाली समुदायको एकता र आत्माभिमान पनि जीवन्त बनाएका छन्।

संस्कृति, सहभाव र सामूहिकता

शनिबारको महोत्सव डार्विन मात्र होइन, सम्पूर्ण अष्ट्रेलियाको प्रतिनिधि कार्यक्रम बन्यो।  नेपाली राजदूत , विभिन्न राज्यबाट आएका एनआरएन प्रतिनिधिहरू,  स्थानीय नेपाली संघसंस्थाहरू, र अष्ट्रेलियन सहभागीहरूको उपस्थितिले कार्यक्रममा विविधताको उत्सव झल्कियो। महोत्सवमा स्वयम्भुको प्रतीक, कुमारी, लाखे, धरहराको संरचना सजाइए ,जसले नेपाललाई भौगोलिक हैन, सांस्कृतिक रूपमा उपस्थित गरायो। नेपाली खाना, हस्तकला, वास्तुकला, र विविध नृत्य-संगीतले महोत्सवलाई जीवन्त बनायो।

भावनात्मक विदाइ

महोत्सवको समापन साँझ सँझपाख ब्यान्डको साङ्गीतिक प्रस्तुति संगै भयो, जसले उपस्थित सबैको मन छुयो। त्यही वातावरणमा धेरैका आँखामा आँशु, मुटुमा गर्व र शिरमा सम्मानको भावना पलायो ।  डार्विनमा सम्पन्न अन्तिम नेपाल फेस्टिभल एक कार्यक्रम थिएन, त्यो एउटा सन्देश थियो ,’संस्था सबैको हो,नेतृत्व जनसेवक हो।’ अनिल पोखरेल नेतृत्वको कार्यकालले त्यो संदेश व्यवहारमा उतार्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको